+
+
Shares

नेमकिपा केन्द्रीय सदस्य गोमा शाहीको दुर्घटनामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते ९:४५

२९ कात्तिक, बाँके । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) केन्द्रीय सदस्य गोमा शाहीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बुधबार बेलुका साढे ८ बजेतिर बाँकेको कोहलपुरमा भएको दुर्घटनामा शाहीको मृत्यु भएको हो ।

भे २ प ३०२ नम्बरको मोटरसाइकल चढेर घर जाँदै गरेकी शाहीलाई भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले कोहलपुरको विद्युत रोडल चोकमा ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते शाहीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक एवम गोमाका श्रीमान अन्जिर शाही घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?