Comments Add Comment

नेमकिपा केन्द्रीय सदस्य गोमा शाहीको दुर्घटनामा मृत्यु

२९ कात्तिक, बाँके । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) केन्द्रीय सदस्य गोमा शाहीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बुधबार बेलुका साढे ८ बजेतिर बाँकेको कोहलपुरमा भएको दुर्घटनामा शाहीको मृत्यु भएको हो ।

भे २ प ३०२ नम्बरको मोटरसाइकल चढेर घर जाँदै गरेकी शाहीलाई भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले कोहलपुरको विद्युत रोडल चोकमा ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते शाहीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक एवम गोमाका श्रीमान अन्जिर शाही घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment