Comments Add Comment

जाडोको घाम औषधि बराबर, यस्ता छन् फाइदा

जाडो मौसम शुरु भइसकेको छ । यो मौसममा प्राय सबै मानिसको लागि घामको न्यानो सबैलाई प्रिय लाग्छ । तर, कतिपय व्यस्तताको कारण घाममा बस्न पाउँदैनन् ।

यदि यसो हो भने पनि केही समय भने घामकै लागि छुट्याउदा पनि स्वास्थ्यको लागि राम्रो हुन्छ । किनकी मनतातो घामले चिसोलाई काटेर शरिर न्यानो मात्र बनाउँदैन कैयौँ प्रकारका स्वास्य समस्याबाटसमेत बचाउने गर्छ ।

१. जाडो मौसममा घाममा बस्दा तत्काल हुने सबैभन्दा ठूलो फाइदा भनेको शरीरलाई चिसोबाट बचाएर न्यानो प्रदान गर्ने हो । र, यसले शरिरलाई चिसोको कारण कक्रने समस्याबाट पनि बचाउँछ । त्यति मात्र नभएर यसले व्यक्तिको कार्यक्षमतालाई समेत बढाउने काम गर्छ ।

२. घाममा बस्दा शरिरले अत्याधिक रुपमा भिटामिन डि ग्रहण गर्छ । अन्य केही फलफुलबाट पनि भिटामिन डि नपाईने होईन । तर, तुलनात्मक रुपमा घाममा भिटामिन डिको मात्रा बढी हुन्छ । भिटामिन डि हाडको बृत्तिविकासको लागि अतिआवश्यक हुन्छ । त्यसको साथै यसले जोर्नी र चिसोको कारणले हुने शारिरिक दुखाईमा पनि राहत प्रदान गर्छ ।

३. कतिपयलाई निद्रा नपर्ने समस्या हुन्छ । यस्तो समस्या समाधानको लागि जाडोमा न्यानो घामको साहरा पनि लिन सकिन्छ । त्यसको लागि हरेक दिन केही समय छुट्याएर घाममा बस्नुपर्छ । यसो गर्दा दिमागलाई तनावमुक्त हुन पनि सहयोग पुग्छ । र, रातको समयमा गहिरो निद्रा लिन सकिन्छ ।

४. बेलाबखत शरीरमा हुने विभिन्न प्रकारका फंगल संक्रमणले निकै दुख दिइरहेको हुन्छ । यसको उपचारमा मानिस निकै भौतारिरहेका हुन्छन् । यस्तो खालको समस्य भने पनि यिमित रुपमा घाममा बस्ने गर्नुस् । जाडो मौसमको घामले त्यस्तो इन्फेक्सनलाई निको पार्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । र, यस्तो घामले विभिन्न खालका किटाणुको संक्रमबाट पनि बचाउन सहयोग पुर्‍याउँछ ।

५. जाडो मौसममा मनतातो घाममा बस्नुको अर्को महत्वपूर्ण फाइदा भनेको शरिरको रक्तसञ्चारलाई सन्तुलित बनाउने हो । घामको न्यानो प्रकाशले शरिरमा रगत जम्ने प्रक्रियालाई रोक्ने काम गर्छ । र, शरिरको रक्तसञ्चार पनि चुस्त हुन्छ । त्यस्तै, मनतातो घामको न्यानोले चिनी र मुटु रोगीलाई समेत राहत प्रदान गर्छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment