+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

के युवाहरुको यौन जीवन शिथिल हुँदैछ ? यस्तो छ तथ्य

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते १५:२३

‘मलाई हस्तमैथुनको लत लागेको छ । नियमितजसो हस्तमैथुन गर्छु । के यसले मेरो प्रजनन क्षमतामा असर गर्छ ? वा म निसन्तान हुन्छु ?’

अक्सर युवाहरुले राख्ने यौन जिज्ञासा यस्तै हुन्छ । हस्तमैथुनले कमजोरी हुने हो कि भन्ने भय एकातिर हुन्छ भने अर्कोतिर यसले आफ्नो यौन-जीवन खल्लो पो हुने हो कि भन्ने आशंका पनि देखिन्छ । यस्ता थुप्रै यौनसँग सम्बन्धित कौतुहलता युवाहरुमा हुन्छ । हाम्रो समाजमा अझैपनि यौनबारे खुलस्त बहस नहुने भएकाले यसको सम्बन्धमा अनेकौ भ्रमपनि व्याप्त छन् ।

धेरैजसो युवाहरुमा यौनलाई लिएर विभिन्न खालका भ्रमहरु हुन्छन् । यौनको बारेमा उनीहरु आफ्ना अपरिपक्व साथीहरुसँग उल्टासिधा सल्लाहहरु लिन्छन् र जब त्यस्ता सल्लाहले स्वास्थ्यमा प्रतिकुल असर पर्छ त्यसपछि लाजले अरुलाई भन्न शंकोच मान्छन ।

युवाहरुले यौनबाट शारीरिक सुखमात्रै प्राप्त गर्न सकिँदैन यसको मानव स्वास्थ्यमा पनि गहिरो सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ ।

यौन र स्वास्थ्यलाई लिएर कम उमेरका युवायुवतीहरुमा नकरात्मक धारणहरु फैलिएका हुन्छन् । यौन भनेको के हो ?, स्वास्थ्यको लागि यौन कति ठिक छ ? भन्ने कुरा न त स्कूल कलेजमा पढाई हुन्छ न त अभिभावकहरुले नै आफ्ना हुर्के बढेका छोराछोरीलाई यौन शिक्षा दिनुपर्छ भनेर सोच्छन् ।

अभिभावकहरु यौन शिक्षालाई लिएर त्यति जागरुक छैनन् । आफ्नो बच्चाहरुलाई सेक्सको स्वास्थ्यसँगको सम्बन्ध, यसको सकरात्मक र नकरात्मक दुवै पक्षको बारेमा जानकारी दिन उनीहरु आवश्यक ठान्दैनन् ।

आम युवाहरुमा हुने यौंन सम्बन्धी भ्रम 

‘यौन सम्पर्क गर्नाले शरीरमा रगतको कमी हुन्छ ।’

‘यौन सम्पर्क गर्नाले पढाईमा मन लाग्दैन ।’

‘यौन सम्पर्क पछि युवतीहरुको हिप्स र स्तनको तौल बढ्छ ।’

‘यौन सम्पर्क गर्नाले कमजोरी आँउछ ।’

‘यौन सम्पर्क गर्नाले पुरुषको तौल कम हुन्छ ।’

‘यौन सम्पर्क गर्नासाथै युवतीहरु तुरुन्त गर्भवती हुन्छन् ।’

‘यौन सम्पर्क तनावको सबैभन्दा ठूलो कारण हो ।’

‘यौन सम्पर्क गर्नाले हृदयघातको खतरा बढ्छ ।’

‘यौन सम्पर्कले स्मरणशक्तिमा नराम्रो असर गर्छ ।’

‘यौन सम्पर्क गर्नाले रक्तचाप अनियन्त्रित हुन्छ आदि ।’

भ्रमबाट युवाहरु कसरी बाहिर निस्कने ?

यस्ता तमाम भ्रमहरुले आजकालका युवायुवतीको दिमागमा डेरा जमाएर बसेको छ । तर, माथिका हरेक मिथक वा भ्रमलाई वैज्ञानिक र मेडिकल तथ्यले खारेज गर्छ ।

खासमा तौल बढ्ने कुराबाटै सुरु गरौं । यौन सम्पर्क गर्दैमा युवतीहरुको नितम्ब र छातीको तौल बढ्दैन । एक तर्क हुनसक्छ यौन सम्पर्क पछि महिलाको रगतमा स्पर्म आत्मसाथ हुन्छ र त्यो बाहिर निस्कन पाँउदैन । तर, बुझ्नुपर्ने कुरा यसरी २-३ मिमि स्पर्मले मात्रै १५ क्यालोरी बढ्छ । त्यसैलै यौन सम्पर्कको कारण महिलाको तौल बढ्ने कुरा वैज्ञानिक रुपले सहि होइन ।

अर्को भ्रम छः यौन सम्पर्क गरेमा पुरुषको तौल कम हुन्छ । विल्किस यूनिभर्सिटीका वैज्ञानिक र एक अर्का अमेरिकन शोधकर्ताले सातामा एक वा दुई पटक यौन सम्पर्क गर्नाले इम्युनोग्लोबुलिन नामको एन्टीबडी बढ्ने बताउँछन् । यसैले सहि मात्रामा यौन सम्पर्क गर्दा मानव स्वास्थ्यमा नकरात्मक असर गर्दैन ।

शोधमा यौन सम्पर्क मुटुको लागि धेरै फाइदाकारी भएको तथ्य पनि अगाडि आएको छ । वैज्ञानिकहरुले सातामा २ पटक वा यसभन्दा धेरैपटक यौन सम्पर्क गर्ने पुरुषहरुमा मुटु रोग हुने आशंका ४५ प्रतिशत सम्म कम हुने तथ्य पत्ता लगाए ।

यतिमात्रै होइन नियमित यौन सम्पर्क गर्नु तपाईंको ब्लडप्रेशर र मुटुको गतिको लागि पनि राम्रो छ । यौन सम्पर्कको क्रममा जति धेरै स्खलन हुन्छ त्यसले प्रोस्टेट क्यान्सर हुने जोखिम त्यति नै कम हुन्छ ।

रिसर्चबाट तथ्य पनि अगाडि आएको छ कि जो मानिस धेरै तनावमा रहन्छन् उनीहरु धेरै यौंन गर्छन् । यसले तनाव कम हुन्छ । यो शोध म्यासाचुसेट्स स्थित न्यू इंग्ल्याण्ड इन्स्टिच्युटको वैज्ञानिकहरुले गरेका हुन् ।

यौन सम्पर्कले रोग प्रतिरोधी प्रणाली राम्रो हुन्छ र शरीरलाई उर्जावान पनि बनाउँछ ।

सेक्स र स्वास्थ्यको सम्बन्ध

यौन सम्पर्कको क्रममा यदि स्वास्थ्यलाई पनि अनुकुल राख्न चाहनुहुन्छ भने युवाहरुलाई यौन सम्पर्कको समय, माहौल र मानसिक दशामा सतर्कता अपनाउनुपर्ने आवश्यकता हुन्छ । यौन सर्वेक्षणहरुले विहानमा यौन सम्पर्क गर्ने मानिसहरु धेरै खुसी र स्वस्थ रहने बताउँछन् । हप्तामा तीन पटक बिहान यौंन गर्ने मानिसहरुलाई हर्टअट्याक वा स्ट्रोकको खतरा पनि कम हुन्छ ।

यसैगरी  कसैसँग झगडा भएको छ वा कुनै नोक्सानको कारण मन अस्थिर छ भने यस्तो समयमा यौन सम्पर्क गर्नाले न त शारीरिक सन्तुष्टी मिल्छ न त यौन सम्पर्कको मजा मिल्छ । उल्टै यस्तो गल्ती बारम्बार दोहोरिँदा यौन सक्पर्मप्रति मन लाग्दैन र उदासिनता बढ्छ, यसले यौनजीवन राम्रो बनाउँदैन ।

यौनको स्वास्थ्यसँग कति गहिरो सम्बन्ध छ भन्ने कुराको अनुमान स्विडिस सरकारले आफ्ना देशका नागरिकहरुसँग यौन जीवनबाट चिन्तित भएर ठूलो स्तरमा एक अध्ययन सुरु गरेबाटै लगाउन सकिन्छ । सन् २०१९ मा पुरा हुने बताइएको उक्त अध्ययन मानिसहरुको यौन सम्पर्कप्रति झुकाव कम भइरहेको कारण गरिएको बताइएको छ ।

त्यहाँका स्वास्थ्य मन्त्रीका अनुसार यदी स्विडिश नागरिकहरुको यौनजीवन तनाव वा अन्य कुनै स्वास्थ्य समस्याको कारण प्रभावित भइरहेको छ भने यो एक राजनीतिक समस्या हो ।

सेक्सका फाइदा र बेफाइदा

जीवनयापनको लागि खाना, पानी, हावा जस्तै यौन पनि एक शारीरिक आवश्यकता हो र यसलाई सक्रिय राख्नु युवाको लागि अत्यन्त जरुरी छ ।

एकातर्फ जहाँ यौन सम्पर्क नगर्दाको कैयौं बेफाइदा हुन्छन् त्यस्तै केही हाम्रो नराम्रो बानीले हामीलाई सेक्सको मोर्चामा कमजोर बनाइदिन्छ । पहिलो कुरा गरौं सेक्ससँग जोडिएका फाइदा र बेफाइदाको बारेमा ।

यौन सम्पर्क नगर्ने मानिस सँधै तनावमा डुबिरहन्छन् र यो तनावले हाम्रो जीवनको सबै आवश्यक चीजलाई नराम्रोसँग प्रभावित गर्छ । काम, पढाई र निजी सम्बन्धमा तनावले विषको काम गर्छ ।

यौन सम्पर्कको धेरै फाइदाहरु हुन्छन् तर केही नोक्सान पनि हुन्छन् । भनिन्छ नि, अतिले क्षति हुन्छ । यौनको मामिलामा पनि यो कुरा लागु हुन्छ ।

जसको स्टामिना धेरै राम्रो छ उनीहरुले दिनमा २-३ पटक यौन सम्पर्क गर्दा खासै समस्या हुँदैन । तर मुटुरोगीहरुलाई भने यसले मुटुरोगीहरुको लागि मुस्किल पनि पैदा हुन सक्छ ।

यसैगरी जो युवाहरुलाई हस्तमैथुनको लत लागेको छ उनीहरुलाई त्यसले समस्यामा पार्न सक्छ । अहिलेका युवाहरु धेरैमा पोर्न सिनेमा हेर्ने लत लागेको हुन्छ । यो लतले उनीहरुलाई यति फसाउँछ कि उनीहरुको दिमागमा हरपल त्यहि कुरामात्रै खेल्न थाल्छ । यसकारण उनीहरुलाई असली सेक्सको क्रममा त्यो उत्तेजना आँउदैन जुन पोर्न हेर्दा आउँछ ।

त्यस्तै कैयौंपटक युवाहरुले आफ्नो साथीको यौन जीवनको किस्सा सुनेर कम्प्लेक्सको शिकार हुन्छन् । आफूलाई कमजोर सोच्न सक्छन् वा यौन कुण्ठा पाल्न सक्छन् । यसले उनीहरु हडबडाउने र रिसाउने हुन्छन् । यो चीज उनीहरुको बोलचाल र व्यवहारमा पनि देखिन्छ ।

धुम्रपान गर्नाले पनि यौन जीवन नराम्रोसँग बिग्रन्छ । आजकालका युवाहरु धुम्रपानलाई फेसन वा जीवनशैलीको हिस्सा मानेर अरुभन्दा देखिनको लागि स्मोकिङ गर्ने गर्छन् । यसले जनेन्दि्रय खुम्चनेदेखि नपुंशक हुने सम्म खतरा रहन्छ ।

मोटोपना, अनियमित जीवनशैली र मानसिक तनाव जस्ता अन्य कैयौं तत्वले सेक्सको खेल बिगार्न सक्छ । युवाहरुले यस्तो कमजोरीलाई टाढा गरेर स्वस्थ अवस्थामा मात्रै यौनकार्य गरेमा मात्रै उनीहरुले युवाअवस्थाको आनन्द लिन सक्छन् ।

याद राख्नुपर्ने कुरा जो युवाहरुको सेक्सुअल आवश्यकता समयमै पुरा हुन्छ उनीहरुको स्वास्थ्य यस्तो गर्न नपाउनेको तुलनामा राम्रो हुन्छ । यसैले यौन र स्वास्थ्यको तालमेललाई सहि बनाएर मात्रै आफ्नो यौन जीवन रमाइलो बनाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?