Comments Add Comment

अनमोल वचन, जसले जीवनलाई फरक ढंगबाट बुझ्न सघाउँछ

जीवनमा केही गर्नका लागि उर्जा चाहिन्छ । उर्जाका अनेक स्रोत हुन्छन् । अरुको भोगाई, विचार, सुझाव पनि त्यही स्रोत हुनसक्छ, जसले हाम्रो जीवनलाई फरक ढंगबाट सोच्न र केही गर्ने प्रेरणा दिन्छ ।

विभिन्न कालखण्डमा हाम्रा पूर्खाहरु, विभिन्न विचारक, दार्शनिक, राजनेता, धर्मगुरुहरुले आफ्नो भोगाईको आधारमा यस्ता विचार व्यक्त गरेका छन्, जो हाम्रो निम्ति प्रेरणादायी हुनसक्छ । अतः यहाँ त्यस्तै प्रेरणादायी वचन पेश गरिएको छ ।

-गल्ती त्यहीबाट हुन्छ, जो मेहनतले काम गर्छ । निकम्मा व्यक्ति त अरुको गल्ती खोज्नमै व्यतित भइरहेको हुन्छ ।

–    अर्कालाई त्यती नै छिटो क्षमा गरिदेउ, जति तिमी अरुबाट अपेक्षा गर्छौं ।

–    जुन कुरा तिमीलाई बिझाउँछ, अरुलाई त्यही व्यवहार नगर ।

–    मानिस खराब हुँदैनन् । तर, तिम्रो अपेक्षा विपरित हुँदा त्यस्तो लाग्न सक्छ ।

–    मानिस गल्ती गरेर त्यती दुखी हुँदैनन्, जति गल्तीको नतिजा सोचेर हुन्छ ।

–    कसले के गर्छ, किन गर्छ, कसरी गर्छ ? यी सबै चासोभन्दा टाढा रहेर तिमी खुसी हुनसक्छौं ।

–    कर्म नै हरेक समस्याको समाधान हो ।

–    भोको पेट, रित्तो खल्ती र झुठो प्रेमले मानिसलाई धेरै कुरा सिकाउँछ ।

–    सलाईको काँटीले अरुलाई जलाउनुअघि आफै जल्छ । ठिक त्यसैगरी रिसले पनि अरुलाई नभई आफैलाई नष्ट गर्छ ।

–    प्रेमी, पागल र कवि एकै चिजले बनेको हुन्छ ।

–    एक राम्रो दिमाग र राम्रो दिल सधैका लागि विजयी जोडी हुन् ।

–    कसैले कहिल्यै सोचेका होलान्, जसले जे चाहन्थे उसलाई त्यो कुरा यसकारण मिलेन कि उनीसँग प्रतिभा थिएन वा शक्ति थिएन वा धैर्यता थिएन वा प्रतिवद्धता थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment