Comments Add Comment

छोरीकै अगाडि सैफले गरे बेडरुमको कुरा

बलिउड निर्देशक करण जौहरले सञ्चालन गर्ने टेलिभिजन शो ‘कफी विथ करण’ भारतमा निकै चर्चित छन् । विभिन्न सेलिब्रिटीहरुले उनको कार्यक्रममा ल्याएर आफ्ना निजी जीवनका गोप्य कुराहरु ओकल्ने गरेका छन् ।
शो कार्यक्रमको पछिल्लो एपिसोडमा पाहुना बनेका थिए, अभिनेता सैफ अली खान र उनकी कल्कलाउँदी छोरी सारा । करणले उनीहरुबाट पनि निकै कुराहरु धुत्ने प्रयास गरे र सफल पनि भए । रोचक के भने, सैफले छोरीकै अगाडि आफ्नो एउटा बेडरुम सेक्रेट खोलिदिएका थिए ।

खासमा करणले प्रसंग निकालेका थिए सैफकी पत्नी करिना कपुरको फिगरको । ‘तपाईंकी पत्नीको जिम गरिरहेको फोटो निकै भाइरल भएको छ, तपाईंलाई उहाँको फिगर कस्तो लाग्छ ?’ मुस्कुराउँदै सैफले जवाफ दिए, ‘खासमा म हरेक रात बेडमा जानुअघि उनको क्लोजअप तस्वीर हेर्ने गर्छु ।’

बाबुको यो जवाफले सारा लजाइन् र कान बन्द गरिनन् । धन्न सैफले त्यसपछिको कुरा भनेनन् । यसैगरी कार्यक्रममा करणले सारालाई सोधे, ‘तिमी बलिउडको कुन अभिनेतासित रोमान्स र बिहे गर्न चाहन्छौ ?’ साराले पनि नलजाइ जवाफ दिइन्, ‘रोमान्स कार्तिक आर्यनसित र बिहे रणवीर कपुरसित ।’

साराले रणवीरलाई ताके पनि उनको इच्छा भने पूरा हुने देखिँदैन किनभने रणबीरलाई आलिया भट्टले बुक गरिसकेकी छन् । आलियाबाट रणबीरलाई खोस्न उनले निकै पापड बेल्नुपर्ने छ । साराको पहिलो फिल्म ‘केदारनाथ’ चाँडै रिलिज हुँदैछ । यो फिल्ममा उनले अभिनेता शुसान्त सिंह राजपुतको अपोजिटमा अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment