Comments Add Comment

एक हप्तामै सुक्यो ठग्स अफ हिन्दूस्तानको व्यापार, आलोचनामा आमिर

निकै हल्लाखल्लाका साथ रिलिज गरिएको बलिउड फिल्म ठग्स अफ हिन्दुस्तान अन्ततः बक्स अफिसमा सुपर फ्लप भएको छ । फिल्मले पहिलो दिन बम्पर विजनेस गरेपछि त्यसपछि सुकेको थियो । फिल्म रिलिज भएको एक हप्ता पूरा हुँदा व्यापार एक सय ३७ करोडमा सिमित भएको छ । जबकि पहिलो दिनमै फिल्मले ५२ करोड कमाएको थियो । खराब वर्ड अफ माउथले गर्दा फिल्मको व्यापार ओरालो लागेको हो । यसअघि सलमान खानको फिल्म ‘रेस ३’ को पनि ठिक यही हालत भएको थियो ।

ठग्स अफ हिन्दूतास्तान २ सय ५० करोडको लागतमा बनेको हो । फिल्मको लाइफटाइम कलेक्सन १ सय ५० करोडमा खुम्चिने अनुमान गरिएको छ । यद्यपि, फिल्मका निर्माता भने सुरक्षित नै छन् किनकी रिलिज अगावै यसको डिजिटल राइट एक सय ८० करोडमा विक्री भएको थियो । वितरकलाई भने ठूलो नोक्सानी भएको छ । उनीहरु अब चीनमा फिल्म रिलिज गरेर पैसा उठाउने दाउमा छन् ।

फिल्मको कथावस्तुलाई लिएर समिक्षकहरुले निकै आलोचना गरेका थिए । सँधै भरोसायोग्य मानिने आमिर खानका लागि यो करिअरकै खराब फिल्ममध्ये एक मानिएको छ । यो फिल्मको व्यापारले आमिरलाई निकै चोट लाग्ने छ । किनकी उनी कुनै पनि फिल्मबाट पारिश्रमिकको साटो नाफाको ६० प्रतिशत लिने गर्छन् । फिल्मले नाफा नै नगरेपछि अमिरको गोजी रित्तो हुने भएको छ ।

अभिनेता अमिताभ बच्चनका लागि भने यो फिल्मको आफ्नै महत्व छ । यसअघि उनका कुनै पनि फिल्मले १ सय करोडको व्यापार गरेका थिएन् । त्यसैले उनका लागि ठग्स अफ हिन्दूस्तान चित्त बुझाउने बाटो यही बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment