३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको राजनीतिक समितिले सातवटै प्रदेशमा सुझाव संकलन गर्ने भएको छ ।
समितिको शुक्रबार बसेको बैठकले मंसिर २ देखि ६ गतेसम्म सुझाव संकलन गर्ने निर्णय गरेको हो । चार स्थानमा गरिने कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा स्वयंम उपस्थित हुनेछन् ।
महासमिति बैठकका लागि राजनीतिक प्रतिवेदन तयार पार्न बनेको समितिले संघीयता, धर्मनिरपेक्षता, समावेशिताका साथै सरकारको कामकारबाही र अन्य पार्टीलाई हेर्ने दृष्टिकोणबारे सुझाव लिने तयारी गरेको छ ।
मंसिर ७ गतेबाट भने समितिले राजनीतिक प्रतिवेदन लेखन थाल्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4