+
+
Shares

दीपिका र रणवीरलाई वधाइको ओइरो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३० गते १३:४४

बलिउडका चर्चित जोडी नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहले इटालीमा बिहे गरेका छन् । उनीहरुको बिहे १४ र १५ तारिखमा इटालीमा भएको छ । इटालीमा बिहे सम्पन्न भएपछि उनीहरु आफैले ट्विटरमा तस्बिर राखेका छन् ।

दीपिका र रणवीरले बिहे गरेको तस्बिर सार्वजनिक भएसँगै उनीहरुलाई वधाइको ओइरो नै लागेको छ । उनीहरुको तस्बिरलाई लाखौ दर्शकले लाइक गरेका छन् भने हजारौ वधाइका प्रतिक्रिया आइरहेका छन् । विश्वभरका कलाकारहरुले समेत उनीहरुलाई वधाई दिएका छन् ।

दीपिका र रणवीरको प्रेम चलचित्र ‘रामलिला’को छायांकन सेटबाट सुरु भएको थियो । यसपछि, उनीहरुले ‘बाजीराओ मस्तानी, पद्यमावत’ लगायतका चलचित्रमा काम गरेका थिए । दीपिका र रणवीरको जोडीले प्रेमलाई बिहेमा परिणत गरेको भन्दै उनीहरुका फ्यान समेत खुशी भएका छन् । उनीहरुले इटालीबाट फर्किए लगतै मुम्बई र बैंगलोरमा बिहे भोज समेत आयोजना गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?