Comments Add Comment

स्विजरल्याण्डका रोचक तथ्य: हरेक वर्ष नयाँ राष्ट्रपति, भाडामा गाई

काठमाडौं । हामीकहाँ हरेक पाँच वर्षमा राष्ट्रपतिको चुनाव हुन्छ । कतिपय देशमा ६ त कतिपय देशमा ४ वर्षको कार्यकाल हुने गरेको छ राष्ट्रपतिको । तर यो दुनियामा एउटा यस्तो देश छ जहाँ हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ ।

स्विजरल्याण्ड भन्ने देशको बारेमा त हामी धेरैले सुनेकै छौँ । तर यो देशमा हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहुन सक्दछ । हो, स्विजरल्याण्डमा हरेक वर्ष नयाँ राष्ट्रपति फेरिन्छन् । त्यहाँ राष्ट्रपतिको कार्यकाल एक वर्षभन्दा धेरै हुँदैन । अनि एकजना राष्ट्रपतिलाई दोश्रो कार्यकाल चुनाव लड्ने व्यवस्था पनि छैन ।

दुनियाको सुन्दर देश स्विजरल्याण्डका बारेमा अन्य धेरै तथ्यहरु पनि छन्, जो तपाईंलाई थाहा नहुन सक्दछ । ती रोचक तथ्यहरु यस्ता छन्ः

  • स्विजरल्याण्डमा १५ सयभन्दा धेरै तालहरु छन् । रोचक त के भने कुनैपनि तालहरु एक अर्कामा १६ किलोमिटरभन्दा टाढा छैनन् ।
  • स्विजरल्याण्डमा सबैभन्दा धेरै तलब प्राध्यापक तथा शिक्षकहरुको छ । सन् २०१० को तथ्यांक अनुसार त्यहाँ एक शिक्षकको तलब करीब १ लाख २० हजार डलर वार्षिक हुने गर्दछ । अन्य सरकारी कर्मचारीको भन्दा शिक्षकको अन्य सेवा सुविधा तथा विदा पनि धेरै हुन्छ ।
  • स्विजरल्याण्डमा आत्महत्या गर्न चाहने मानिसले अरु कसैको सहयोग लिन सक्दछन् । यसो गर्नु त्यहाँ वैध छ । आफूसँग बन्दुक राख्ने मानिसको संख्या पनि उच्च छ त्यहाँ ।
  • स्विजरल्याण्डमा दाँतका डाक्टरको कूल संख्याभन्दा बैंकको संख्या धेरै छ । हरेक १४ सय नागरिक बराबर एउटा बैंक छ त्यहाँ ।
  • स्विजरल्याण्डमा विश्वकै ठूलो परमाणु बम आश्रयस्थल रहेको छ । लुसर्नस्थित सोननबर्ग सुरुङ यति ठूलो आकारको छ कि त्यहाँ २० हजार व्यक्ति अट्दछन् । बाहिर परमाणु बम आक्रमण हुँदा पनि उक्त सुरुङभित्र कुनै असर पर्दैन ।
  • चकलेट निर्यात गर्ने मामिलामा स्विजरल्याण्ड विश्वमा पहिलो नम्बरमा रहेको छ । त्यहाँ हरेक वर्ष करीब १ लाख ७२ हजार टनभन्दा धेरै चकलेट उत्पादन हुन्छ ।
  • अनौठो लाग्नसक्छ, स्विजरल्याण्डमा गाई पनि भाडामा पाइन्छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment