Comments Add Comment

बुटवल हर्न निषेधित क्षेत्र घोषणा

१ मंसिर, बुटवल । प्रदेश ५ को राजधानी बुटवलको शहरभर हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

शनिबारदेखि बुटवललाई हर्न निषेधित शहर घोषण गरिएको हो । ठुला वा साना सवारी साधनले हर्न बजाउँदा ध्वनी प्रदूषण भएकाले हर्न निषेधित क्षेत्र घोषणा गर्नु परेको प्रदेश नम्बर ५ का वरिष्ठ प्रहरी उपरिक्षक नर बहादुर केसीले बताए ।

बुटवल उपमहानगर र ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ को संयुक्त प्रयासमा पहिलो चरणमा बुटवललाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ५का प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले बताए ।

बुटवलको तिनाउ पुल देखि गोलपार्क, राजमार्ग चौराह हुदै वेसक्याम सम्मको नगरको एरियामा शनिवार देखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । एक महिना सचेतना अभियान चलाइनेछ भने त्यसपछि अटेर गर्नेलाई कारवाही गरिने छ ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले स्थानिय सरकारसँग समन्वय गरि अभियानलाई तिव्रता दिइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment