गाईसँग हाम्रो भावनात्मक सम्बन्ध छ । हामी गाई पूज्छौं । गाईलाई पवित्र र गुणी जनवार मानिन्छ । ग्रामिण समाजमा गाई पाल्ने परम्परा अनिवार्य जस्तै छ ।
गाईको दुध मात्र होइन, गौमूत्र समेत मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ । कपितय रोगमा गौमूत्र को प्रयोग गर्नु सवोत्तम हुने बताइन्छ ।
त्यसो त पूर्विय संस्कारमा गाईको गौमूत्र , गोबर सबै पवित्र मानेर प्रयोग गरिन्छ । मृत्यु संस्कार सम्पन्न भइसकेपछि चोखिनका लागि घरमा गौमूत्र छर्कने गरिन्छ । पूजाआजामा पनि गौमूत्र को प्रयोग हुन्छ । गौमूत्र मा औषधीय गुण हुन्छ । अहिले अग्र्यानिक खेतीबालीमा प्राकृतिक किटनासकको रुपमा गौमूत्र को उपयोग गर्न थालिएको छ ।
अब लागौं, गोबरको महत्वतर्फ ।
ग्रमिण भेगमा घर लिपपोत गर्नका लागि गाईको गोबर प्रयोग गरिन्छ । गोबरले लिपपोत गरेपछि घर पवित्र र सफा हुन्छ । आखिर गोबर घर-आँगन लिपपोत गरिन्छ ? के गोबरमा त्यस्ता कुनै गुण हुन्छ, जसले मानव स्वास्थ्यमा प्रभाव पार्छ ?
घतलाग्दो त के भने, गोबरमा पकाएको खानेकुरा पनि स्वस्थ्यकर मानिन्छ ।
किन गोबरले लिपपोत गरिन्छ ?
गोबरले लिपपोत गर्दा टिबीको भाइरस एवं रोगाणु मर्छ । गर्मीको प्रकोप कम हुन्छ । चिसो महसुष हुन्छ । गाईको पाँच गव्य हाम्रो शरीरका लागि र वातावरणकै लागि एकदम राम्रो मानिन्छ । पाँच गव्यमा दुध, दही, घिउ, मोही, गोबर र गौमूत्र पर्छ । यसले शुद्धता, शक्ति, निरोगता, पवित्रता तथा पर्यावरण सुधार्छ ।
धार्मिक दृष्टिले त्यस स्थान पवित्र मानिन्छ, जहाँ गाईको गोबरले लिपपोत गरिएको हुन्छ । यस्तो स्थानमा बसेर कुनैपनि पूजा-पाठ, यज्ञ, हवन, मन्त्रोच्चारण आदि गर्नु शुभ मानिन्छ ।
वैज्ञानिक दृष्टिले पनि यसको महत्व धेरै छ । अहिले पश्चिमा मुलुकमा समेत गोबरको प्रयोग बढ्दो छ ।
के हुन्छ गोबरमा ?
गोबरमा पर्याप्त मात्रामा खनिज तत्व हुनुका साथै यसमा फास्फोरस, नाइट्रोजन, चुना, पोटाश, म्याग्नेसियम, आइरन , सिलिकन, एल्म्युनियमको मात्रा पनि धेरै हुन्छ । गोबरमा अधिक मात्रामा खनिज रहेको हुदाँ यसले माटोलाई समेत उर्बरा बनाउँछ ।
यसबाहेक गोबरले स्वास्थ्य सम्बन्धि पनि विभिन्न फाइदा गर्छ, जुन यस प्रकार छ :
-हात, खुट्टा वा शरीरको कुनै अंग जलेमा उक्त भागमा गोबर लगाउनाले जलन कम हुन्छ ।
-छाला सम्बन्धि कुनै रोग वा समस्या भएमा नियमित रुपमा उक्त स्थानमा गोबरको लेप लगाउनाले उक्त समस्या शिघ्र तथा सजिलै ठिक हुन्छ ।
-मलेरिया, डेंगु वा सामान्य ज्वरो आएमा गाईको गोबरलाई गुईठा बनाएर सुघ्नाले पनि लाभ मिल्छ ।
-विजुलीको करेन्ट लागेमा गाईको गोबरलाई करेन्ट लागेको भागमा तुरुन्तै लेप बनाएर लगाउनाले करेन्टका कारण हुनसक्ने दुखाई क्रमश कम हुन थाल्छ ।
-जीउ धेरै चिलाएमा पनि स्वदेशी गाईको गोबरले जीउ मल्नु पर्छ । र, करिब दश मिनेटको अन्तरालमा मन तातो पानीले स्नान गर्नु पर्छ । यसो गर्नाले चिलाउने समस्या कम हुनुका साथै छाला सम्बन्धि समस्या समेत कम हुने गर्छ ।
प्रतिक्रिया 4