Comments Add Comment

जाडोमा घाम ताप्दै बदाम खान मन पर्छ ? यस्ता छन् फाइदा

जाडो याममा पारिलो घाम ताप्दै भुटेको बदाम खान कसलाई मन नपर्ला र ? अझै मिल्ने साथीहरुसँग बसेर गफगाफ गर्दै बदाम खानुको मजा त झनै बेग्लै छ ।

स्वादिलो र पौष्टिक दुवै हुने बदाम नेपालमा धेरै लोकपि्रय खानेकुराको रुपमा चिनिन्छ । तिहार पर्वमा विशेषगरि दिदीबहिनीले आफ्नो दाजुभाईलाई भाइमसालाको रुपमा बदाम दिने गर्छन् ।

जाडोमा बदाम खाँदा यसले धेरै फाइदा गर्ने भएकाले जाडोयाम सुरु भएसँगै आउने तिहारमा दिदीबहिनीले आफ्नो दाजुभाईलाई बदाम लगाएत अन्य ड्राइफ्रुट्स भाइमसालाको रुपमा दिने चलन विकास भएको मानिन्छ ।

बदाम लगाएतका ड्राइफ्रुट्सले शरीरमा गर्माहट बढाउँछन् । त्यसैले जाडोमा बदाम खाँदा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । अन्य ड्राइफ्रुट्स भन्दा बदाम सस्तो पनि हुने र हाम्रै गाँउठाँउमा खेती हुने भएकाले बदाम धेरै लोकपि्रय पनि छ ।

स्वाद र पौष्टिकताले भरपुर बदामले दिमाग तेज बनाउने मात्रै नभई मुटुलाई पनि तन्दुरुस्त राख्छ । यसको तेल पनि स्वास्थ्यको लागि धेरै फाइदाकारी छ ।

यसमा मिनरल्स, एन्टीअक्सिडेन्ट्स, भिटामिन बी कम्लेक्स, रिवोफ्लोबिन, थियामिन, भिटामिन बी६ र भिटामिन बी९ पनि भरपुर मात्रामा पाइन्छ ।

यस्ता छन् बदाम खानुका ८ फाइदाः

१. मधुमेहलाई नियन्त्रणमा राख्छ
नियमित रुपमा दैनिक बदाम खानाले मधुमेह हुने सम्भावना २१ प्रतिशतले कम हुन्छ । बदाममा पाइने म्यागनिज नामक तत्वले ब्लड सुगर लेभललाई नियन्त्रित गर्छ । यसको सेवनले शरीरमा क्याल्सियमको अवशोषणमा मद्धत गर्छ र मेटाबोलिज्म बढाउँछ ।

२. मांसपेसी बढ्छ
यदि तपाइर्ंको शरीर कमजोर छ र बांगोटिंगो मांसपेसीले तपाईको लुक खराब गरिरहेको जस्तो लाग्छ भने दैनिक रुपमा भिजाइएको बदाम दुधसँग खानुहोस् । विस्तारै विस्तारै तपाईंको मांसपेसी बढ्न थाल्छ र शरीर सुडौल देखिन्छ ।

३. क्यान्सरबाट बचाउँछ
बदाममा पाइने एन्टिअक्सिडेन्ट, आइरन, फोलेट क्याल्सियम र जिंकले शरीरलाई क्यान्सरसेलबाट लड्नको लागि मद्धत गर्छ । यसैले बदाम खानाले स्वस्थ हुने मात्रै नभई क्यान्सरबाट बँच्न सकिन्छ ।

४. रक्त सञ्चार सही राख्छ
जाडोमा चिसोको कारण हाम्रो ब्लड सर्कुलेसनमा पनि समस्या हुन्छ । जाडोमा बदामको सेवनले शरीरमा गर्माहट ल्याउँछ जुन कारणले ब्लड सर्कुलेसन राम्रो हुन्छ र मुटु स्वस्थ हुन्छ । बदामको नियमित सेवनले हार्ट अट्याक र मुटु सम्बन्धी रोगहरुको खतरा कम हुन्छ ।

५. गर्भवती महिलाहरुको लागि लाभदायक
गर्भवती महिलाहरुको लागि बदाम खानु फाइदाकारी हुन्छ । यसले गर्भमा बढीरहेको बच्चाको विकासको लागि फाइदाकारी हुन्छ ।

६. तौल घटाउँछ
बदाममा फाइबरको भरपुर मात्रा हुन्छ । यो इनर्जीको राम्रो स्रोत पनि हो यसैले बदाम खाँदा खाँदा छिटै भोक लाग्दैन । त्यसैले तौल व्यवस्थापनको लागि बदाम खानुपर्छ ।

७. तनावबाट राहत
डिप्रेशनबाट बँच्न र यसको उपचारमा बदामको सेवन राम्रो मानिन्छ । बदाममा टि्रपटोफान नामक एमिनोएसिड हुन्छ जसले मुड सुधार्ने हार्मोन सेरोटोनिनको स्राव बढाउँछ । यसले मुड राम्रो हुन्छ र मन शान्त हुन्छ ।

८. स्मरणशक्ति बढाउँछ
बदाममा पाइने भिटामिन बि३ले दिमागी प्रक्रियालाई तिव्र बनाउँछ । स्मरणशक्ति बढाउँछ । यसको सेवनले दिमाग स्वस्थ र तेज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment