Comments Add Comment

छैन भन्दा भन्दै थुप्रिए विपिनका फिल्म

चलचित्र ‘गोपी’मा अकस्मात काम गर्नुपरेपछि नायक विपिन कार्कीले भनेका थिए–‘मैले यसो सोचेँ । मेरो त फिल्म नै रहेनछ । ‘प्रसाद’ रिलिजपछि के त भन्ने लाग्यो । यसैले केही चलचित्र गर्नुपर्छ भन्ने सोचेर ‘गोपी’मा आवद्ध भएँ ।’

बक्स अफिसमा असफल भएपनि उत्कृष्ट अभिनयका कारण कलाकार विपिन कार्कीको खोजी चलचित्र क्षेत्रमा धेरै हुन्छ । आफूले पाएको भूमिकालाई शतप्रतिशत न्याय गर्न सक्ने कलाकारको रुपमा उनी चिनिन्छन् । यो बर्ष उनले ‘हरी’ चलचित्रबाट प्रशंसा पाएपनि यो चलचित्र बक्स अफिसमा असफल भयो ।

उनै, विपिन कार्कीले छैन भन्दा भन्दै उनका चलचित्रको संख्या ३ वटा पुगेको छ । जुन, एक महिनाको अन्तरमा रिलिज हुँदैछन् । निर्माताले रिलिजको सेड्यूल हेरफेर गरिदिएपछि विपिनलाई समस्या पर्ने देखिएको छ । मंसिर २१ मा रिलिज हुन लागेको चलचित्र ‘प्रसाद’पछि उनी माघमै चलचित्र ‘गोपी’को प्रचारमा दौडनुपर्नेछ । माघमा यो चलचित्र रिलिज भएको एक महिनामै फागूण १७ गते उनको ‘जात्रै जात्रा’ चलचित्र रिलिज हुने भएको छ ।

‘गोपी’ चैत्र १५ गते रिलिज हुनुपर्ने चलचित्र हो । तर, वितरकको सहमतीमा निर्माताले माघमा चलचित्र सार्न तयार भएपछि विपिनलाई भने समस्या भएको हो । विपिनले आफूसँग चलचित्र नै छैन भन्ने सोच्दा सोच्दै लगातार ३ वटा चलचित्र हलमा लाग्ने भएका छन् । यसरी, चलचित्र रिलिज हुँदा कलाकारप्रति दर्शकको चाहना कम हुन्छ । यसले चलचित्रको बक्स अफिस कमाई र कलाकारको क्रेजमा पक्कै पनि फरक पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment