Comments Add Comment

एक महिना भित्र प्रदेशमै चिया कफी बोर्ड स्थापना गर्छौंः मन्त्री आङ्बो

२ मंसिर, मोरङ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चिया तथा कफी बिकास बोर्डको स्वामित्व हस्तान्त्रण नगरे १ महिनाभित्र प्रदेशस्तरीय चिया कफी बोर्ड स्थापना गर्ने बताएका छन् ।

चिया उत्पादनको हिस्सा प्रदेश १ ले ९९ प्रतिशत ओगटेको छ । तर, चिया कफी बोर्ड भने केन्द्रीय तहमा रहेको बताउदै मन्त्री आङ्बोले १ महिना भित्र बोर्डको स्वामित्व प्रदेश तहमा नआए प्रदेश सरकारले प्रदेश स्तरीय चिया तथा कफी बोर्ड स्थापना गरी अघि बढ्ने बताएका हुन् ।

केन्द्रीय चिया सहकारी संघले विराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय छलफलमा बोल्दै मन्त्री आङ्बोले केन्द्र सरकारले चासोनदिए मंसिर महिनापछि प्रदेश सरकार आफै बोर्ड गठन गर्ने बताए ।

चिया उत्पादनमा प्रदेश १ को योगदान ९९ प्रतिशत भएपनि बोर्डमा भने चियासँग सम्बन्धित क्षेत्रका व्यक्ति नभएका कारण चियाको बिकासमा समस्या भएको उनको भनाइ छ ।

प्रदेश सरकाले चिया अलैची अुदवा अमि्रसो जस्ता निर्यात जन्य बस्तुलाई निरुत्साहित गर्दै अघि बढ्ने बताउदै उनले चिया क्षेत्रको बिकासमा प्रदेश सरकार लागि परेको बताए ।

कुल निर्यातको ४० प्रतिशत हिस्सा प्रदेश १ ले ओगटे छ । प्रदेश सरकारले निर्यात जन्य बस्तुको उत्पादनबृद्धिकालागि प्रर्वद्धन गर्ने उनले बताए ।

चिया खेतीसँगसँगै ‘चिया पर्यटन’ क्षेत्रको रुपमा पनि बिकास गर्न सकिने उनको भनाइ छ । इलामको कन्याम चिया पर्यटनका लागि उत्कृष्ट गन्तब्य हो । मन्त्री आङ्बो चिया खेतीलाई विस्तार गर्दै चिया पर्यटनको बिकास गर्न सके आन्तरिक तथा बाहृय पर्यटकहरुलाई पनि भित्रियाउन सकिने बताए ।

कमर्सियल बैंकमा सामन्तवादको झल्को

मन्त्री आङ्बाले सामान्तवादको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि कमर्सियल बैंकमा नया सामान्तवादको झल्को देखिएको गुनासो गरे ।

राष्ट्र बैंकले ब्याजदर समायोजन गर्दा २,३ महिनासम्म कमर्सियल बैंकले लागू नगर्ने बताउँदै उनले पछिल्लो समय कमर्सियल बैंकहरुमा सामान्तवादको झल्को देखिएको बताएका हुन् ।

कमर्सियल बैंकको ब्याजदर र प्रकृयाका कारण साना लगानीकर्ता समस्यामा पर्ने बताउँदै उनले प्रदेश सरकार आफैले बैंक स्थापना गर्ने तर्फ अग्रसर रहेको बताए ।

कृषि तथा पूर्वाधार क्षेत्रको विकासकालागि प्रदेश सरकार आफैले बैंक स्थापना गर्नका लागि छलफल सुरु गरेको मन्त्री आङ्बोको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment