Comments Add Comment

‘गरुड पुराण’को फस्टलुकमा ब्यान्ड मास्टर नाजिर

चलचित्र ‘गरुड पुराण’को फस्टलुक सार्वजनिक गरिएको छ । सुवास कोइरालाको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको फस्टलुक सार्वजनिकसँगै प्रदर्शन मिति पनि फाइनल गरिएको छ । यो चलचित्र आगामी माघ ४ गतेबाट रिलिज हुने भएको छ ।

चलचित्रको फस्टलुकमा नायक नाजिर हुसेनलाई ब्यान्ड मास्टरको रुपमा प्रस्तुत गरिएको छ । पोष्टरमा कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, र नव–नायिका प्रियंका सिंह ठकुरीलाई देख्न सकिन्छ । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रमा लुनिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ पनि मुख्य भूमिकामा छन् ।

पारिवारिक प्रेमकथामा आधारित चलचित्रलाई कमेडी कथामा निर्माण गरिएको दिर्नेशक कोइरालाले बताए । आकाश बराल, बिनोद खतिवडा र सुवास आफैंले लेखेको यो चलचित्रको कथा कशम नेपालले लेखेका हुन् ।
रेनेशा बान्तवा राइको कोरियोग्राफी रहेकोे चलचित्रमा कोसिस क्षेत्रीको संगीत, कोशिस र मनिषा पोखरेलको गायन, सुसन प्रजापतिको छायाँकन, उज्ज्वल ढकालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment