Comments Add Comment

८ विधीः यसरी बनाउने शरीरलाई निरोगी र बलियो

रोग किन लाग्छ ? यसको एउटै जवाफ हो, शरीरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएर । जब शरीरको प्रतिरक्षा प्रणाली अर्थात इम्युनिटी सिस्टम कमजोर हुन्छ, तब रोग हावी हुन्छ ।

हामी अनेक हिसाबले जीवाणुको सम्पर्कमा रहन्छौं । यस्ता जीवाणुहरुको संक्रमणबाट रोग लाग्छ । कतिवय अवस्थामा शरीरका अंगहरुको कार्य-स    चालनमा अवरोध पुग्छ । यसबेला हाम्रो शरीरसँग रोग प्रतिरोधात्मक क्षमता कमजरो छ भने, रोगी हावी हुन्छ । त्यसैले रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ । कसरी बलियो बनाउने त प्रतिरपक्षा प्रणाली ?

चोकरसहित अन्न

खाना नै औषधी हो । खाना नै विष हो । सही, सन्तुलित, सुपाच्य र पोषणयुक्त खान खाइयो भने त्यसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । शरीर तन्दुरुस्त र निरोगी हुन्छ । जथाभावी खानपान गर्दा त्यही विष बन्छ, जसले शरीरको भित्री अंगहरुको कार्य-संचालनमा अवरोध पुर्‍याउँछ । शरीर रोगी हुन्छ ।

अक्सर खानेकुरा सेवन गर्दा स्वास्थ्यलाई ख्याल गर्नुपर्छ । चोकरयुक्त, ताजा, मौसमी खानपानले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

जल

जल अर्थात पानी । यो प्राकृतिक औषधी हो । प्रचुर मात्रामा शुद्ध जलको सेवनले शरीरमा जमा भएका विषाक्त पदार्थ पखालिन्छ । पानी मनतातो वा चिसो भएपनि हुन्छ । यद्यपी पि|mजको पानी स्वास्थ्यका लागि लाभदायक हुँदैन ।

तुलसी

तुलसी यस्तो वनस्पती हो, जसको आयुर्वेदमा उच्च महत्व छ । यो अत्यान्तै गुणी वनस्पति हो । तुलसीको सेवनले स्वास्थ्य राम्रो हुन्छ । यसले वायुलाई शुद्धिकरण गर्छ । त्यही कारण हामी यसलाई पूज्य वनस्पतिको कोटीमा राख्छौं । यो प्राकृतिक एन्टिवायोटिक हो । तुलसीको नियमित सेवनले रोगसँग लड्ने क्षमताको विकास हुन्छ ।

योग

खानपानले मात्र पुग्दैन । शरीरलाई समूचित रुपमा क्रियसिल, जागरुक एवं चलायमान बनाउनुपर्छ । यसका लागि योग वा प्राणायाम नै सर्वोत्तम विधी हो । योग वा प्राणायामले शरीरलाई स्वस्थ र रोगमुक्त राख्छ ।

हाँस्नु जरुरी छ

हाँस्नु पनि प्राकृतिक उपचार विधी हो । हाँस्नका लागि हामीले अतिरिक्त खर्च गर्नु पर्दैन । अरुको भर पर्नुपर्दैन । यो नितान्त हाम्रो वशको कुरा हो । त्यसो भए किन उन्मुक्त नहास्ने ?

हाँस्दा मुड प्रशन्न हुन्छ । शरीरमा अक्सिजन पर्याप्त ग्रहण हुन्छ । रक्तसंचार राम्ररी हुन्छ । तनाव हट्छ । मांशपेसीको व्यायाम हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

रसिलो फल

मौसम अनुसार पाइने फलले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । अहिले सुन्तला, बदाम आदिको मौसम छ । स्याउ भने बर्षभर पाइन्छ । यस्ता रसिलो फलमा भरपुर मात्रामा खनिज लवण तथा भिटामिन सि हुन्छ । प्रतिरोधात्मक क्षमता बढाउनका लागि यी फल प्रभावकारी हुन्छ ।

अंकुरित अनज

अंकुरित अनज तथा भिजाइएको दाल भरपुर मात्रामा सेवन गर्नुपर्छ । अंकुराएको अन्नमा भरपुर पोषक तत्व हुन्छ । यो पचाउनमा पनि सजिलो र पौष्टिकयुक्त हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

सलाद

भोजनमा धेरैजसो काँचो वा उसिनेको खानेकुराको वाहुल्य हुनुपर्छ । काँचो खानेकुरा भन्नाले सलादलाई लिन सकिन्छ । कांक्रा, मुला, गाजर, चुकन्दर आदि सलादको रुपमा प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment