Comments Add Comment

मकवानपुरको त्रिखण्डीमा एकादशी मेला

३ मंसिर, हेटौंडा । हरिबोधिनी एकादशीका दिन मकवानपुरको भैंसेमा रहेको त्रिखण्डि मन्दिरमा भक्तजनहरुको मेला लागेको छ ।

कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्वमा हरेक बर्षझैं भीमफेदी गाउँपालिका २ भैंसेको त्रिखण्डी मन्दिरमा ठूलो जात्रा लागेको छ ।

सोमबार बिहानैदेखि त्रिखण्डि मन्दिरमा भक्तजनहरुको ठुलो घुँईचो लागेको छ । त्रिभुवन राजपथ सडकखण्डमा पर्ने त्रिखण्डि मन्दिमा पुजा गर्न र रमाउन मकवानपुर लगाएत छिमेकी जिल्ला चितवन, बारा, पर्साका मानिसहरुपनि पुजाआजाको लागि आएकाछन् ।

यसैगरी, हरिबोधिनी एकादशीका दिन मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरको दामनमा रहेको ऋषेश्वर मन्दिर, मकवानपुर गढिमा समेत मेला लागेको छ ।

आजको दिन तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिंगो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

यो दिन अन्न खान नहुने मान्यता रहेकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पाप नाश भइ पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment