३ मंसिर, बर्दिया । कालीकोटबाट कैलालीको टीकापुरतर्फ गइरहेको बसको बर्दियाको पूर्व-पश्चिम राजमार्गको भूरिगाउँ बजारमा ठक्कर दिंदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
ना४ख ५३७५ बसको ठक्करबाट विद्यालय जान हिँडेकी बर्दिया ठाकुरबाबा नगरपालिका-६ बकुवाकी निर्मला चौधरीको मृत्यु भएको हो । निर्मला भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् ।
बालिकाको मृत्यु भएपछि आफन्त र स्थानीयले क्षतिपूर्तिको माग गर्दै यातायात ठप्प पारिएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4