Comments Add Comment

‘सुश्री सम्पत्ती’को फस्टलुकमा सारासँग सलोन र विनोद

२ वटा गीत रिलिज पश्चात चलचित्र ‘सुश्री सम्पत्ती’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्र मंसिर २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रको सार्वजनिक पोष्टरमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपानेलाई देखाइएको छ । चलचित्रको मुख्य भूमिकामा यी तिन कलाकारको अभिनय छ ।

‘अधकट्टी’ निर्देशन गरेका सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको मुख्य भूमिका छ भने नायिका प्रियंका कार्कीले एउटा गीतमा आइटम नृत्य गरेकी छिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment