Comments Add Comment

कांग्रेसको गुल्मी जिल्ला सम्मेलन मंसिर २० र २१ गते

३ मंसिर,गुल्मी । नेपाली कांग्रेस गुल्मीको जिल्ला सम्मेलन मंसिर २० र २१ गते हुने भएको छ । यही मंसिर २ गते बसेको जिल्ला कार्यसमितिको २४ औं बैठकले जिल्ला सम्मेलनको मिति टुंगो लगाएको हो ।

बिधान अनुसार प्रत्येक वर्ष गर्नुपर्ने सम्मेलन विभिन्न कारण लामो समयदेखि हुन नसकेको कांग्रेस गुल्मीले जनाएको छ ।

सम्मेलनको उद्घाटन गर्न पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेताहरुसमेत आउने कार्यक्रम रहेको जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।

अहिले पार्टी  केन्द्रीय कार्यसमितिमा गुटबन्दी देखिएकाले देउवासहित वरिष्ठ नेतालाई एउटै मञ्चमा ल्याएर एकताको सन्देश दिन खोजिएको श्रेष्ठले बताए ।

सम्मेलनकै पहिलो दिन गुल्मी पार्टी कार्यालयमा स्थापना गरिएको शहीद सम्शेरबहादुर खत्रीको स्मारक अनावरण गर्ने कार्यक्रम पनि रहेको पार्टी सचिव खिलध्वज पन्थीले बताए ।

सम्मेलनमा गाउँ कार्यसमितिका सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति गरि करिब ३ सय बढीको उपस्थिति रहने छ ।

सम्मेलनकै तयारीका लागि मङ्सिर ८ गते सबै स्थानीय तहमा एकैसाथ जिल्ला प्रतिनिधिको उपस्तिथिमा भेला गर्ने निर्णय गरेको पार्टी सचिव एबं प्रबक्ता बिस्नु सापकोटाले बताइन ।

सम्मेलन सफल बनाउन पार्टी जिल्ला कार्यसमिति, तरुण दल, नेबिसंघलगायतका भातृसंगठन परिचालन गरिने सापकोटाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment