Comments Add Comment

एकादशी मेलामा झडप, प्रहरीसहित ४ जना घाइते

३ मंसिर, धादिङ । मध्य धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच गएराति झडप हुँदा प्रहरी सहायक निरीक्षक र अन्य तीन जना घाइते भएका छन् । झडपमा केही सवारीसाधनसमेत तोडफोड भएको छ ।

बुङकोटघाटमा लाग्ने एकादशी मेलामा गोरखातर्फ आएको एक समूहले आक्रमण शुरु गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । झडप छुट्याउन जाँदा सहायक निरीक्षक विनयकुमार पाण्डे गम्भीर घाइते भएका छन् । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको छ ।

झडपमा धादिङतर्फका अर्का एक र गोरखातर्फका अन्य दुई जना घाइते भएका छन् । प्रहरीले पक्राउ गर्ने डरले घाइतेहरू पनि फरार भएका छन् ।

घटनामा धादिङ र गोरखातर्फका सात वटा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ भने तीन वटा सामान्य क्षति पुगेको छ । त्यसैगरी तीन वटा बुलेरो गाडीमा क्षति पुगेको छ ।

जात्रामा भएको घटनालाई सामान्यीकरण गर्न र एकापसमा मिलेर विकास गर्नका लागि गोरखातर्फका जनप्रतिनिधिसँग आफूले छलफल शुरु गरेको ज्वालामुखी गाउँपालिका–५ का वडाध्यक्ष कृष्ण काप्रीले बजानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment