+
+
Shares

राजपा अध्यक्ष मण्डलको संयोजक बने महतो

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते १७:०३

४ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ ।

मंगलबार बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । साथै महन्थ ठाकुरको सट्टा राजेन्द्र महतोलाई संयोजक चयन गरेको छ ।

बैठकले पार्टी एकतापछि निर्वाचन आयोगमा बुझाएको कार्यसमितिलाई मान्यता दिएको छ र त्यसयता भएका सबै मनोनयन रद्द गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?