Comments Add Comment

कन्ट्याक्ट लेन्स लगाउनेले बुझ्नै पर्ने १० तथ्यः बनाउन सक्छ आँखा खराब

आँखा कमजोर भएका मानिसहरुको आँखाको दृष्टि बढाउनको लागि कन्ट्याक्ट लेन्स एक अदृश्य तरिका हो । आजभोली धेरैले कन्ट्याक्ट लेन्सको प्रयोग गर्ने गर्छन् ।

यदि तपाईं कन्ट्याक्ट लेन्स लगाउनु हुन्छ भने तपाईंलाई यससँग जोडिएका सबै समस्याहरुको बारेमा थाहा नै होला । कन्ट्याक्ट लेन्स हराएमा वा खराब भएमा यसले तपाईंलाई धेरै मुस्किलमा पार्न सक्छ । र, बिना सोलुसन यसको प्रयोग गर्नु पनि धेरै खराब अनुभव हुन्छ ।

कन्ट्याक्ट लेन्स लगाउँदा तपाईं अन्जानमा कति पटक आँखामा औँलाले चलाउनुहुन्छ त्यसले पनि समस्यामा पार्छ । हामी रहरले त कन्ट्याक्ट लेन्स लगाउँदैनौं । यो सबै आफ्नो आँखाको दृष्टि बढाउनको लागि नै गरिन्छ ।

आउनुहोस्, जानीराखौं कन्ट्याक्ट लेन्ससँग जोडिएका केही तथ्यहरुः

१. नुनको कारण सुख्खापन
कन्ट्याक्ट लेन्स लगाउने केही मानिसले प्राय बेलुका हुँदानहुँदै आँखामा रुखोपनाको गुनासो गर्छन् । कन्ट्याक्ट लेन्स वास्तवमा सुख्खा हुने भएकाले यस्तो हुन्छ ।

आँखाको प्राकृतिक आँशुको कारण लेन्स दिनभर नुनको सम्पर्कमा रहन्छ । आँशु जति प्राकृतिक रुपले आँखाबाट बहिर आँउछ केही नुन लेन्समा लागिरहन्छ । केही नुनिलो तत्व आँखाको लागि राम्रो हुन्छ तर अत्याधिक धेरै नुन भने राम्रो हुँदैन ।

२. रुँदा नुन जान्छ
आँशुमा नुन हुन्छ भन्ने कुरा त सबैलाई थाहा हुन्छ तर, तपाईं यो कुरा थाहा पाएर आश्चर्यचकित हुनुहुन्छ कि रुने क्रममा आँखाबाट निस्कने आँशु आँखामा रहिरहने आँशुको तुलनामा कम नुनिलो हुन्छ ।

यसैले  रुँदा तपाईंले आँखाको नानीमा नुनको सन्तुलनमा असर पुर्याउनुहुन्छ । रोएपछि तपाईंको कन्ट्याक्ट लेन्स त्यति नुनिलो हुन्छ जुन तपाईंलाई अजिब लाग्न सक्छ ।

३. नयाँ प्रविधिको लेन्स सजिलो
अप्ठेरोको गुनासोपछि शोधकर्ताहरुले एक दशकसम्म शोध गरे । यसपछि एक कम्पनीले उन्नत किसिमको लेन्स बनाउने दाबी गर्यो । उक्त लेन्स त्यस्तो खालको पहिलो लेन्स हो जसमा तीन पत्र छ ।

सिलिकन हाइड्रोजेलको बीचको पत्रको अगाडि पछाडि हाइड्रोफोलिक सरफेस जेल लगाइएको छ । यो परम्परागत एक पत्रवाला लेन्सको तुलनामा धेरै घुलनशिल छ । यो लेन्सबाट आँखाको नानीहरुलाई धेरै चिसोपना मिल्छ रसाथै यो धेरै प्रभावकारी छ ।

४. दैनिक लगाउने लेन्स राम्रो
कन्ट्याक्ट लेन्स कैयौं प्रकारका आँउछन् । यसमा दैनिक, दुई सातामा एकपटक वा एक महिनामा एकपटक लगाउने आदि प्रमुख हुन् । आम रुपमा मानिसहरु लामो समयसम्म पहिरिन सकिने लेन्स रोज्छन् ।

तर, दैनिक उतारेर राख्ने लेन्स राम्रो हुन्छन् । यो सबैभन्दा सुरक्षित हुन्छ । यो लेन्सले ब्याक्टेरियाबाट पनि लामो समयसम्म सुरक्षित राख्छ ।

५. सही तरिकाले सफाइ गर्नुपर्छ
मानिसहरु अक्सर लेन्सको मुल्यलाई लिएर चिन्तित हुन्छन् तर, यदि यसमा लेन्सलाई सफा गर्ने सोल्युसनको मुल्य र अन्य चीज जोड्ने हो भने दैनिक लगाउने लेन्स र लामो समयसम्म लगाउन सकिने लेन्सको मुल्य बराबर नै हुन्छ ।

दैनिक लगाउने लेन्स मानिसहरुको लागि पनि प्रभावकारी हुन्छ जो नियमित रुपले लेन्स लगाउँछन् किनभने लेन्सलाई लामो समयसम्म सोलुसनमा राख्न सकिँदैन ।

६. राती लगाउन सकिने लेन्स
भविष्यमा रातमा लेन्स लगाएर सुतेपछि बिहानसम्म मानिसको दृष्टि पुरै तरिकाले ठिक  हुने प्रविधि पनि अाउन सक्छ । तर, कोर्नियालाई रिसेप गर्ने आर्थेकिराटोलोजी वा अार्थो-के धेरै वर्षदेखि प्रयोगमा रहेको छ ।

आर्थो-के लेन्सले कोर्नियालाई रातभरमा ठिक गरिदिन्छ । कोर्निया दिनभर त्यसै आकारमा रहन्छ । यो प्रक्रिया ती बच्चा र किशोरहरुको लागि राम्रो हुन्छ जसको नजर लगातार कमजोर हुँदै गएको छ । जो चश्मा लगाउन चाहँदैनन र जसलाई हल्का निकटदृष्टि दोष छ ।

७. लेसिक सर्जरीभन्दा राम्रो लेन्स
कोही मानिस लेन्स वा चश्मा लगाउँदा दिक्क भएर लेसिक अपरेसन गराउने फैसला गर्छन् । तर, यसका केही नोक्सान पनि रहेको छ । लेसिक गराएपछि त्यसको प्रभावलाई उल्ट्याउन सकिँदैन ।

लेन्ससँग तपाईंलाई कुनै तरिकाको समस्या भयो भने तपाईं त्यसलाई उतारेर राख्न सक्नुहुन्छ । तर, कैयौं पटक लेसिक गराएपछि आँखा सुख्खा हुने, राती देख्न समस्या र संक्रमण आदिको स्थायी समस्या हुन्छ ।

८.  हार्ड कन्ट्याक्ट लेन्स
सबैभन्दा पहिला बनेका कन्ट्याक्ट लेन्स हार्ड कन्ट्याक्ट साँच्चै धेरै राम्रो छ । यो त्यसखालको एकमात्रै लेन्स हो जसले आँखाको सतहमा रहेका कुनै समस्या जस्तै दाग वा चोट आदिलाई ठिक गरिदिन्छ ।

हार्ड लेन्सले आँखालाई सिधै सम्पर्क गर्दैन त्यसैले यो लेन्स लगाउनाले आँशु लेन्स र आँखाको बीचमा फस्छ । यसले आँखाको सतहमा आँशुको रहेको कमीबाट पैदा हुने दृष्टि दोषलाई टाढा गर्नमा मद्धत गर्छ ।

९. पहिलो कन्ट्याक्ट लेन्स काँचकाे
कन्ट्याक्ट लेन्स पहिले पहिले ती मानिसको लागि बनाइएको थियो जसको दृष्टि नराम्रोसँग क्षतिग्रस्त भएको थियो । दृष्टि कमजोर मात्रै भएका मानिसहरुको लागि त्यतिखेर लेन्स प्रयोग गरिदैँन थियो ।

यो १९ औं शताब्दीको अन्तिम ताकाको कुरा हो । लेन्स काँचको बनाइन्थ्यो र पछि यसलाई एनिमल जेलीको मद्धतले आँखामा लगाइन्थ्यो ताकी मानिसहरुले फेरि दृष्टि प्राप्त गरुन । यो प्रविधिको मद्धतले दृष्टिदोषको पनि उपचार गर्न सकिने डाक्टरहरुलाई पछि महसुस भयो ।

१०. कन्ट्याक्ट लेन्स टेलिस्कोपबाट प्रभावित
कन्ट्याक्ट लेन्सको सुरुवात १९ औं शताब्दीमा भएसकेको भएपनि २० औं शताब्दीमा मात्रै यसलाई अत्याधिक लोकपि्रयता मिल्यो ।

अन्तरिक्षयात्री विलियम हर्शल र उनका छोरा जोन विलियम हर्शल टेलिस्कोपमा लाग्ने खालको लेन्सलाई ग्राइन्ड गर्न विशेषज्ञ थिए । त्यसैक्रममा जोनले त्यसै लेन्सलाई यदि सानो रुपमा ग्राइन्ड गरिदिने हो भने यसले मानिसको नजरलाई बढाउन सक्ने पत्ता लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment