+
+
Shares

काबुलमा आत्मघाती आक्रमण, ५० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते ८:१०

५ मंसिर, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा एक धार्मिक सभामा आत्मघाती बम आक्रमणबाट ५० जनाको मृत्यु भएको छ । अन्य ६० जना घाइते भएका छन् ।

यसलाई पछिल्ला केही महिनायताको सबैभन्दा घातक हमला मानिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरुहका अनुसार पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा आक्रमण भएको हो । एक आत्मघाती आक्रमणकारी सो समारोहमा प्रवेश गरेर आफूले बोकेको बम विष्फोट गराएका थिए ।

यो आक्रमणको तत्काल कुनै पनि संगठनले जिम्मा नलिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?