+
+
Shares

लोकसभा चुनाव नलड्ने स्वराजको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते १०:५८

५ मंसिर, काठमाडौं । भारतका विदेशमन्त्री सुष्मा स्वराजले आगामी लोकसभा चुनाव नलड्ने घोषणा गरेकी छन् ।

उनको यो घोषणा धेरेलाई अप्रत्यासित लागेको छ भने केहीले अपेक्षित भनेका छन् । अप्रत्यासित यस कारण कि उनकै पार्टी भारतीय जनता पार्टीमा ८०/९० वर्षका नेताहरु छन्, जसलाई अहिले पनि रिटायरमेन्ट शब्दले एलर्जी हुन्छ ।

तर, पछिल्लो समय उनको स्वास्थ्यबारे जानकारहरुले भने यो घोषणालाई अपेक्षित बताएका छन् ।

यस्तै मध्ये एक हुन् उनका पति एवं पूर्वराज्यपाल स्वराज कौशल । चुनाव नलड्ने स्वराजको घोषणापछि उनले भनेका छन्, ‘एक समयपछि मिल्खा सि.हले पनि दौडिन छाडेका थिए । उनले त ४१ वर्षदेखि चुनाव लड्दै आएकी छन् ।’

भारतीय सञ्चार माध्यमहरुका अनुसार सन् २००९ देखि २०१४ सम्म लोकसभामा प्रतिपक्ष दलका नेताका रुपमा उनको संसदीय जीवनको सर्वश्रेष्ठ कार्यकाल थियो भन्दा फरक पर्दैन । २००६ मा प्रमोद महाजनको निधन र लोकसभामा प्रतिपक्षी दलको नतो बनेपछि भाजपामा उनले नै प्रधानमन्त्री पदको उम्मेदवार पनि बाजी मार्ने अनुमान थियो । तर, न उनी प्रधानमन्त्री बनिन् न भाजपा अध्यक्ष नै । सगठनभन्दा संसदीय काममा बढी रुची हुनु र राष्ट्रिय स्वयंमसेवक संघको पृष्ठभूमि नहुनुलाई कारण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?