+
+
Shares

नेकपाको सचिवालय बैठक बस्दै, होला २१ केन्द्रीय सदस्यको माग सुनुवाइ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते ८:५१

६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ । पार्टीभित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिवालयको बैठक बोलाएको हो ।

अपराह्न ४ बजे बस्ने बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बने पनि सांगठनिक अलमलको अवस्था छ । पार्टी केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन भने तल्ला कमिटीको एकता पनि अन्योलमा छ ।

बुधबार मात्रै माधवकुमार नेपाल पक्षीय २१ केन्द्रीय सदस्यले एकता अन्योलमा परेको भन्दै केन्द्रीय समिति बैठक बोलाउन ज्ञापनपत्रमार्फत् अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग माग गरेका थिए । बिहीबार बस्ने नेकपा बैठकमा यीलगायतका सांगठनिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारको काम–कारबाही पनि आजको छलफलको एजेन्डा हुने बताइएको छ । नेकपा नेतृत्वमा सरकार बनेको ९ महिना भए पनि यसको काम–कारबाहीलाई लिएर नेकपाका नेता–कार्यकर्ता मात्रै होइनन्, स्वयं प्रधामन्त्री पनि असन्तुष्ट छन् । उनले बुधबार मात्रै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए । बिहीबारको बैठकमा सरकारलाई गतिदिनेबारे पनि छलफल हुने एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?