६ मंसिर, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) मा आकर्षण देखिएको छ । गत आइतबारदेखि खुला भएको संस्थाको आईपीओका लागि आवेदन बुधबार बन्द भएको छ ।
यस संस्थाको आईपीओमा माग गरिएको भन्दा करिब ६१ गुणा बढी आवेदन परेको बिक्री प्रवन्धक एसविआइ क्यापिटलले जनाएको छ ।
यस अघि मंगलबार साझसम्म गुणा बढी आवेदन परेको परेको थियो । आवेदन दिन मिल्ने अन्तिम दिन संस्थाको आइपीओमा अत्यधिक आवेदन परेको हो ।
संस्थाले सर्वसाधारणका लागि २ लाख ७३ हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो । गत वर्ष नै आईपीओ जारी गर्न लागेको यस लघुवित्त नेपाल राष्ट्र बैंकको काराबाहीमा समेत परेको संस्था हो ।
व्यापक अनियमितता भएको भन्दै नेपाल राष्ट्र बैंकले यसलाई कारवाही गरेपछि गत वर्ष नै निष्कनुपर्ने आईपीओ यो वर्ष मात्रै आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4