Comments Add Comment

नम्रता भन्छिन्–‘दर्शकले लभ स्टोरी भन्दा फरक कथामा मलाई खोज्छन्’

नायिका नम्रता श्रेष्ठ हरेक चलचित्रमा फरक भूमिका खोज्छिन् । नम्रताले यस्तै भूमिका खोजेका कारण पनि उनलाई चलचित्र क्षेत्रमा अलग्गै स्थानमा राखेर हेरिन्छ । चलचित्रभरी हाबी हुनु भन्दा पनि आफूले गरेको भूमिकाले दर्शकमा प्रभाव पारोस् भन्ने उनको सोच छ ।

नम्रतालाई ‘मेरो एउटा साथी छ देखि नोभेम्बर रेन’सम्म आइपुग्दा दर्शकले लभ स्टोरी चलचित्रमा रुचाएका थिए । तर, नम्रतालाई लाग्छ कि उनी लभ स्टोरी चलचित्र मात्र गरेर अगाडि बढ्न सक्दिनन् । किनकी, लभ स्टोरी चलचित्रमा आफूलाई दर्शकले भन्दा पनि मिडिया र चलचित्रकर्मीले बढी रुचाएको उनको वुझाई छ ।

यसैले पनि आफूले फरक भूमिका रोज्ने गरेको उनले बताइन् । मंसिर २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रसाद’ दर्शकले खोजेको चलचित्र भएको नम्रताको भनाई छ । उनले, यो चलचित्रमा आफूले गरेको भूमिकाले दर्शकलाई सन्तुष्ट बनाउने खुलाइन् ।

निःसन्तान दम्पत्तीको कथामा यो चलचित्र निर्माण भएको छ । चलचित्रको गीतसंगीतका कारण पनि यसको हाइप बढेको हो । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment