Comments Add Comment

एएफसी कपको ड्र सावर्जनिक, नेपालको क्लब कुन समूहमा ?

६ मंसिर, काठमाडौं । एसियन फुटबल फेडेरेशनले सन् २०१९ मा हुने एएफसी कप फुटबलको ड्र सार्वजनिक गरेको छ ।

एएफसीले बिहीबार एएफसी कपको समूह चरणको ड्र सार्वजनिक गरेको हो । नेपालको ए डिभिजन लिग विजेताले पनि एएफसी कपमा भाग लिने छ ।

एएफसीले ३६ राष्ट्रका लिग विजेता क्लबलाई ९ समूहमा विभाजन गरी ड्र सार्वजनिक गरेको हो । ड्र अनुसार नेपालको लिग विजेता समूह इ मा परेको छ । यो समूहमा नेपालसँगै बंगलादेश, भारत र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो समूहमा खेल्ने क्लबको टुंगो भने भारतको मात्रै लागि सकेको छ । भारतको मिनेर्भा पन्जाबले खेल्नेछ । त्यस्तै, यता बंगलादेशबाट यो समूहमा पर्ने क्लबको पनि टुंगो लागिसकेको छैन । नेपालमा पनि लिग चलिरहेको हुदा केही दिनपछि मात्रै यो समूहमा नेपाली क्लबको टुंगो लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment