६ मंसिर, काठमाडौं । सेयर बजार पुनः ओरालो लागेको छ । साताको पहिलो दिनदेखि नै निरन्तर ओरालो लागिरहेको सेयरमा बुधबार केहि सुधार हुने संकेत देखिएको थियो ।
बुधबार नेप्से परिसूचक करिब १ अंकले बढे पनि साताको अन्तिमदिन भने सेयर बजारमा १ अंकभन्दा बढीको गिरावट आएको छ ।
दिनभरमा भएका ४ हजार ३ वटा कारोबारबाट १ सय ४३ कम्पनीका ७ लाख ७४ हजार ६ सय ८६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार २५ करोड २५ लाख १८ हजार ३ सय ५४ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बिहीबार कारोबार रकमका आधारमा एनएमबि बैंक अग्रस्थानमा देखिएको छ । दिनभरमा एनएमबी बैंकको ७ करोड ८५ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4