Comments Add Comment

सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनीे ‘सीआईआई कन्म्याक’ भक्तपुरमा शुरु

६ मंसिर, काठमाडौं । देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनीे भक्तपुरमा शुरु भएको छ । भक्तपुरको सल्लाघारी मैदानमा शुरु भएको ‘सीआईआई कन्म्याक प्रदर्शनी २०१८’ को उद्घाटन गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले देशको विकासका लागि पुर्वाधार विकास पहिलो प्राथमिकता भएको र यसकालागि नविनतम् निर्माण प्रविधिको आवश्यकता पर्ने धारणा राखे ।

देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनीेको रुपमा रहेको सो प्रदर्शनीवाट नेपालका निर्माण ब्यवसायी मात्र नभई सिङ्गो मुलुकले नै फाइदा लिन सक्ने उनले बताए ।

मन्त्री महासेठले अवको करिव चार बर्षमा मुलुकको पुर्वाधार विकासमा कायापलट ल्याउने बताएका छन् । समृद्ध ‘नेपाल-खुशी नेपाली’ भन्ने नारालाई साकारपार्न सरकार यो अभियानमा लागेको उनले बताएका हुन् ।

यसअघि नीति निर्माण गर्ने र तीन तहका सरकारको लागि आवश्यक ब्यवस्थापन गर्ने काममा सरकार अल्मलिएको भन्दै उनले अव अरु काम सकीएकोले विकास निर्माणको कामगर्ने वेला आएको बताए । नेपालमा भौतिक पूर्वाधारको क्षेत्रमा अझै धेरै कामगर्न वाँकी रहेको भन्दै उनले यसमा आधुनिक निर्माण प्रविधिको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

करिव चारबर्षको अवधिमा ६ हजार देखि ८ हजार किलोमिटर पक्की सडक वनाउने योजना सुनाउँदै उनले यसकालागि आधुनिक प्रविधिको आवश्यकता समेत औंल्याए ।

नेपालका लागि भारतीय राजदूत मन्जिभ् सिंह पुरीले समृद्ध नेपालको परिकल्पना पुरागर्न पुर्वाधार विकासमा जोड दिनुपर्ने खाँचो औंल्याउँदै त्यसकालागि आधुनिक निर्माण प्रविधिको स्थान महत्वपूर्ण हुने धारणा राखे ।

समृद्ध नेपाल निर्माणका लागि तिव्र विकास आवश्यक पर्ने उल्लेख गर्दै उनले यसका लागि लगानी र प्रविधिको खाँचो पर्ने र यो प्रदर्शनीले त्यसमा सहयोग पुर्‍याउने बताए ।

त्यसअघि पुर्वमन्त्री एवं सांसद महेश बस्नेतले नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीहलको अभाव खड्किएको भन्दै त्यस्तो हल निर्माणकालगि भक्तपुर क्षेत्रमा २ सय रोपनी जग्गा उपलब्घ गराउन आफू तयाररहेको बताए । नयाँ नेपाल निर्माणका लागि सम्वद्ध सवैपक्ष एकसाथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले त्यसका लागि आवश्यक प्रविधि, एवं साधन र स्रोतको कमी हुन नहुने धारणा राखे ।

त्यसअघि कन्म्याक नेपाल २०१८ का अध्यक्ष अरविन्द के गर्गले नेपाल भारतवीच प्रगाढ आर्थिक एवं साँस्कृतिक सम्वन्ध रहेको उल्लेख गर्दैनेपालको उन्नति र प्रगतिमा भारतीय ब्यवसायीको साथ रसहयोग निरन्तर हुने प्रतिवद्धता जनाए ।

समृद्ध नेपालको निर्माणका लागि यहाँ पुर्वाधारविकासकालागि सडक, पुल, विद्यूत जस्ता क्षेत्रमा बिशेष ध्यान दिन जरुरी रहेको धारणा उनले राखे ।

सिआईआई ट्रेड फेयर काउन्सिलका अध्यक्ष विपिन सोन्धीले कुनै पनि मुलुकको निर्माण क्षेत्रको विकासमा सरकारी सहयोग महत्वपुर्ण हुने बताए । नेपाल प्रत्येक दुई बर्षमा यस्तो प्रदर्शनीको आयोजना गर्ने योजना सुनाउँदै उनले यसलेे नेपालमा नयाँ प्रविधि ल्याउन सहयोग पुग्ने धारणा राखे ।

त्यसक्रममा सीआईआईका डेपुटी डिरेक्टर जनरल विरेन्द्र गुप्ता र नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंगले नेपालको निर्माण ब्यवसायका विभिन्न आयामहरुको बारेमा प्रकाश पारेका थिए ।
भारतीय उद्योग संघ (सीआईआई) को अयाोजनामा नेपालको सबै भन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी सीआईओ कन्म्याक २०१८ को आयोजना भएको हो ।

सल्लाघारी ओपन ग्राउण्ड, भक्तपुरमा २२देखि शुरु भएको प्रदर्शनी २४ नोभेम्वर २०१८ सम्म आयोजित हुनेछ । तीन दिने प्रदर्शनीमा १सय ५० भन्दा बढी प्रदर्शकहरुले १५ हजार वर्गफिट क्षेत्रफलमा प्रदर्शनीको आयोजना गरेका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment