मंसिर २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रसाद’को तेश्रो गीत रेकडिङ गरिएको छ । नेपाल आइडलका उत्कृष्ट ७ प्रतिस्पर्धी मध्येका एक विक्रम बरालले चलचित्रको गीतमा आवाज भरेका हुन् । गीतमा सुवास भुषालको शब्द तथा संगति छ । चलचित्रका निर्देशक दिनेश राउतले यो गीतलाई चलचित्रमा प्लेव्याक म्यूजिकको रुपमा प्रस्तुत गरिने बताए । यो गीतलाई दर्शकले हलमा मात्र हेर्न पाउनेछन् ।
गायक विक्रम बराललाई एउटा व्यवसायिक गायकलाई दिने बराबरको पारिश्रमिक दिएको निर्माता थापाले जानकारी दिए । उनले गीत गाउनु अगाडि नै बराललाई पारिश्रमिक दिएका थिए ।
निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको चलचित्रमा कथा, पटकथा तथा संवाद सुशिल पौडेलको छ । चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4