Comments Add Comment

गाउँपालिका अध्यक्षले ज्यान मार्ने धम्की दिएको डाक्टरको आरोप

७ मंसिर, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई स्वास्थ्यकर्मीको ज्यान लिने धम्की दिएको आरोप लागेको छ । गाउँपालिका अध्यक्ष खड्काले टेलिफोन गरी ज्यान लिने धम्कि दिएको आरोप प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले लगाएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका निमित्त प्रमुख डा. राकेशकुमार दासले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी अध्यक्षले फोन गरेर ज्यान लिने धम्की दिएको बताएका छन् । अध्यक्षमाथि कारबाहीको माग गर्दासमेत सम्बन्धित निकायले ध्यान नदिएकोले आफू असुरक्षित भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अध्यक्ष खड्कामाथि कारबाहीको लागि ०७५ मंसिर ४ गते नै स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको निर्णयसहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, मन्थली नगरपालिका, स्वास्थ्य सेवा विभाग र नेपाल मेडिकल एशोसिएशनमा अनुरोध गरेकोमा हालसम्म पनि कारबाही नभएको उल्लेख छ ।

उनीमाथि कारबाही नभए स्वास्थ्य संस्थाबाट दिइरहेको २४ घण्टे प्रसुति सेवा तथा आकस्मिक सेवाबाहेकका सेवा बन्द गर्ने चेतावनी डा. दासले दिएका छन् ।

गत कात्तिक २० गते प्राथमिक स्वास्थ्य केन्द्रले लिखु तामाकोसी गाउँपालिका ३ कि ३९ वर्षीया झलमाया श्रेष्ठको शव पोष्टमार्टम गरेपछि अध्यक्ष खड्काले धम्की दिएको डा. दासले बताएका छन् । अध्यक्षले आफूले भनेअनुसार रिपोर्ट नदिएको भन्दै बारम्बार फोनबाट धम्की दिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गाउँपालिका अध्यक्ष खड्काले भने भने प्रहरी र प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकले मिलेमतोमा गलत पोष्टमार्टम रिपोर्ट दिएको आरोप लगाउँदै आएका छन् ।

मन्थलीमा गरिएको पोष्टमार्टम रिपोर्टमा चित्त नबुझेकै कारण मृतकको पुन पोर्टमाार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लास पुर्‍याएको उनले बताए । उनले श्रेष्ठको हत्या भए पनि प्राथमिक स्वास्थ्य केन्द्रले आत्महत्या भनी गलत रिपोर्ट दिएको दावी गरेका छन् ।

झलमाया श्रेष्ठको लास गते कात्तिक १९ गते आफ्नै घरको बुइँगलमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment