+
+
Shares

मकलमा आगो बालेर सुत्दा परिवारै बेहोस

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ८ गते १:००

७ मंसिर, काठमाडौं । काठमाडौंको मित्रनगर–२६ मा मकलमा आगो बालेर सुत्दा गएराति एउटा परिवारै बिहोस भएको छ । एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ घर भइ मित्रनगर बस्दै आएकी २६ वर्षीय संगिता राना मगर छिन् । उनका श्रीमान् २३ वर्षीया  राम दर्लामी र ४ महिने बच्चा बेहोस छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीका अनुसार बिहान ३ बजे बेहोसी अवस्थामा होस खुलेपछि श्रीमान्ले नजिकै बस्ने दाजुलाई खबर गरेका थिए । र, उनले अर्धचेत अवस्थामा ३ जनालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याए ।

तर, उपचारका क्रममा श्रीमतीको मृत्यु भएको हो । डीएसपी बोगटी विगतका वर्षहरुमा पनि जाडो मौसममा यस्ता घटनाहरु सार्वजनिक हुने गरेको बताउँछन् ।

उनले सर्वसाधारणलार्इ सचेत हुन अपिल गर्दै भने, ‘आम सर्वसाधारणले जाडोको समयमा मकल बाल्दा सचेत बन्नु होला । झ्याल, ढोका सबै बन्द गरेर सुत्दा अक्सिन अभावका कारण निसासिँदा यस्ता घटना हुने गरेको छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?