Comments Add Comment

समर्पण ध्यानः शरीर र चेतनालाई जोड्ने अद्वितिय विधी

भारतका हिमाली ऋषि शिवकृपानन्द स्वामी अहिले नेपालमा छन् । उनले नेपालमै ज्ञान प्राप्त गरेका थिए । शिवाकृपानन्दलेे विश्वभरका अनुयायीलाई समर्पण ध्यान गराउँछन् ।

मानवजातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एक सरल र अद्धितीय ध्यान विधि नै समर्पण भएको उनी बताउँछन् । नेपालमा आएका उनी शिवकृपानन्द स्वामीले स्वामी ध्यान र समर्पण ध्यानबारे बताएका छन् :

किन गरिन्छ ध्यान ?

जव तपाई नुहाउनका लागि बाथरुम छिर्नुहुन्छ । चुकुल लगाउनुहुन्छ र शरिरबाट कपडा उतार्नुहुन्छ । र, पूर्ण रुपमा नुहाउन थाल्नुहुन्छ । त्यो समय तपाई  केवल आफ्नै साथमा रहनुहुन्छ । त्यतिबेला तपाईले शरीरकोे शुद्धि गर्नुहुन्छ । शरीरका हरेक भागमा भएको फोहोर हटाउनुहुन्छ । तर, तपाई चित्तको किन पवित्र गर्नुहुन्न । चित्तको पवित्र गर्नु नै ध्यान हो ।

ध्यानको अर्को शब्द भनेको- मौन । मौनतासँग न कुनै प्रश्न हुन्छ, न उत्तर हुन्छ न त कुनै विचार नै । त्यसैले शरिर र चित्तलाई मौन राखेर मात्र तपाई आधा घण्टा बस्नुस् ।

ध्यानले हाम्रो सम्बन्धलाई आत्मासँग गाँसिदिन्छ । र, आत्माले हामीलाई मार्गनिर्देश गर्छ । तपाई जति धेरै ध्यान गर्नुहुन्छ त्यति नै तपाईको नराम्रा भाव कम हुँदै जान्छ । यसले आत्माको भावलाई बृद्धि गर्दै लैजान्छ । धर्म वाहृय कुरा हो । तर, खासमा हामीले पालन गर्ने संरचना धर्म भनेको मातवता हो । त्यसैले तपाई एक पटक ध्यान गर्न थालेपछि तपाईका निम्ति मार्ग दर्शनको ढोका खुल्न थाल्ने छ ।

के हो समर्पण ध्यान ?

आफ्नो शरीरको समर्पण आफ्नो आत्माको प्रतिक गर्नुस् । पुरा शरीरको लागि आत्माको नियन्त्रण हुन जरुरी छ । विस्तारै शरिर भावलाई कम गर्नुस् र आत्मको भाव शुद्धि गर्न लाग्नुस् । त्यसको लागि तपाई मात्र आधा घण्टाको लागि ध्यान बस्न सक्नुहुन्छ । त्यतिबेला तपाईसँग दोस्रो कोही नहोस् ।

हामीले परिवार, समाज, देश, साथी दुनियालाई समय दिइरहेका हुन्छौँ । तर, जसको कारण हामी बाँचीरहेका छौँ त्यसलाई समय दिइरहेका हुँदैन । अर्थात आत्मलाई पनि समय दिनुहोस् । यसरी मात्रा त्यो पनि कुनै अपेक्षाविना । किनकी अपेक्षाले साधनालाई अशुद्ध गर्छ । मेरो ध्यान किन लागेन ? भनेर सोच्नु पनि एउटा  अपेक्षा हो । मात्र आधा घण्टा बस्नुस् ।

यसो गर्दा शरीरको वैठक तयार हुन्छ । यसरी बस्दा विभिन्न विचार आउने गर्छन् । ती विचार पनि रोक्ने कोशिष गर्नु हुँदैन । विचारहरुलाई आइरहनु दिनुहोस र तेस्रो व्यक्ति भएर हेर्नुहोस् । त्यसको मुल्याङन नगर्नुस् । तपाईले राम्रो विचार गर्दा पनि शक्ति खर्च हुन्छ र नराम्रो गर्दा पनि । त्यसैले तपाई कुनै पनि विचार नगर्नुस् । जव तपाई कुनै विचार गर्नुहुन्न तव तपाइमा विचार संग्रहित हुन थाल्छ ।

विस्तारै-विस्तरै ती विचारहरु आउन छाड्छन् । एक मात्र विचार रहने गर्छन् । अन्तिममा त्यो विचार पनि उडेर जाने गर्छ । त्यसपछि रहन्छ मात्र ध्यान । यो कुनै चमत्कार होइन । अभ्यास गर्दा गर्दा हुने कुरा हो । यसको सबैभन्दा ठूलो फाइदा भनेको मन विचार शरिरलाई आत्माले नियन्त्रण गर्छ ।

र, समपर्णको मन्त्र पनि निकै सजिलो छ । विश्वका सबै नागरिक, धर्म र जातीका मानिसले बुझ्ने मन्त्र हो समर्पणको मन्त्र । यसको अर्थ कुनै मन्त्र नहुनु हो । ‘म पवित्र आत्मा हो, म शुद्ध आत्मा हो’ तीन पटक भन्नुस ध्यान बस्नुस् ।

यो ध्यान जुनसुकै, धर्म, जाती, सम्प्रदायले गर्न सक्छन् । यो ध्यानले नकरात्मक भावनालाई समर्पण ध्यानमार्फत हटाउन सकिन्छ । यसले मानिसको जीवनमा सकरात्मक परिवर्तन ल्याउने काम गर्छ । यसले चिन्तामुक्त समाजको निर्माण त गर्छ नै प्रगतिपथतर्फ बढ्न पनि भूमिका निर्वाह गर्छ ।

समर्पणको निष्कर्ष

– आध्यात्मिक वातारण र स्वको पहिचान,

– ध्यान र आत्माको ज्ञान

– ध्यान गर्ने सरल तरिकाको खोज

– सबै जनाका लागि ध्यानको अभ्यास गरउने मार्गको खोज,

– ब्रम्हचेतना र उर्जाको खोज,

– बैचारिक मलिनता

– विचार शुन्य अवस्थ्ा

– आन्तरिक यात्रा

– आत्म ज्ञान, मुक्ति इत्यादी ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शिवकृपानन्द स्वमीले दिएको प्रवचनको सम्पादित अंश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment