+

शिवलिंगमा चढाइने बेलपत्रः बहुउपयोगी ओखती

२०७५ फागुन  २० गते १२:३१ २०७५ फागुन २० गते १२:३१
शिवलिंगमा चढाइने बेलपत्रः बहुउपयोगी ओखती

शिवलिंगमा बेलपत्र चढाइन्छ । हामीलाई यो कुरा थाहा छ र हामीले चढाउँदै आएका पनि छौं । तर, हामीले यसरी शिवलिंगमा चढाइरहेको बेलपत्रको महत्व के होला ? किन बेलपत्र चढाइएको होला ? यसतर्फ भने हामी घोत्लिदैनौं ।

जबकी कुनैपनि धर्म-संस्कारले यस्ता विधीहरुको व्यवस्था त्यसै गरेको होइन । यसले मानव जीवनमा केही न केही अर्थ र महत्व राख्छ । चाडपर्वमा खाइने खानेकुरा, गरिने विधी सबै कुरा हाम्रो जीवनसँग जोडिएको हुन्छ ।

जस्तो कि, शिवरात्रीमा बेलपत्र चढाइन्छ । वास्तवमा यो एक बहुउपयोगी बनस्पती हो । यसको आफ्नै विशिष्ठ औषधिय महत्व छ ।

घरेलु ओखती

पाकेको बेललाई मह र सख्खरसँग खाँदा शरीरको रगत सफा हुन्छ र रगत बढ्छ पनि । बेलको पत्ताको रस पुरै शरीरमा लगाउनुपर्छ र एक घन्टापछि नुहाउनुपर्छ । यसबाट तपाईंको शरीरको दुर्गन्ध हट्छ ।

भिटामिन सीको कमिले स्कर्वी रोग लाग्छ । बेल भिटामिन सीबाट भरपुर हुन्छ । त्यसैले यसको सेवन गरेर तपाईं स्कर्वी रोगबाट बच्न सक्नुहुन्छ । पाकेको बेलको गुदीलाई पानीमा उमाल्नुपर्छ । त्यसपछि पानीलाई चिसो बनाएर त्यसले कुल्ला गर्दा मुखभित्रको छाला ठिक हुन्छ ।

मुटुका रोगीहरुका लागि बेलपत्रको प्रयोग अत्यन्त असरदार हुन्छ । बेलपत्रको काढा दैनिक पिउनाले मुटु सँधै बलियो हुन्छ र हृदयघातको सम्भावना पनि कम हुन्छ ।

साससँग जोडिएका रोगहरुमा पनि बेलपत्रले अमृतको काम गर्छ । यसको पत्तालाई पीसेर रस बनाउनुपर्छ र नियमितरुपमा यसको सेवन गर्नुपर्छ, निकै लाभ मिल्नेछ । ज्वरो हुँदा बेलपत्रको काढा बनाएर पिउनाले ज्वरो ठिक हुन्छ ।

बेलपत्रको अनेक गुण

शिवलिंगमा चढाइने बेलपत्रमा प्रोटीन, बीटा क्यारोटीन, थाइमिन, क्याल्सियम, आइरन, भिटामिन ए, भिटामिन बी र भिटामिन सीसँगै भरपुर मात्रामा जैविक तत्वहरु र एन्टीअक्सिडेन्ट्स पाइन्छ ।

अनुहार चम्काउन

फुस्रो र रुखो छालामा चमक ल्याउन होस वा कपाललाई स्वस्थ र सुन्दर राख्न बेलपत्रले महत्वपूर्ण भूमिका खेल्छ ।

बेलको रसलाई मनतातो पानीमा मिलाउनुपर्छ । यसमा महको केही थोपा हाल्नुपर्छ । यसको घोल नियमितरुपमा सेवन गर्दा रगत सफा हुन्छ ।

सेतो दाग बेलपत्रको सहयोगले ठीक हुन सक्छ । बेलको गुदीमा सोरलिन नामको तत्व हुन्छ जसले छालाको घाम सहने क्षमतालाई बढाउँछ । यसका अलावा बेलपत्रमा क्यारोटिन पनि हुन्छ र यी दुवै तत्व मिलेर छालाको रंगलाई समान बनाइराख्न महत्वपूर्ण भूमिका खेल्छन् । बेलको दैनिक उपयोगले छालाको सेतो दागहरु सफा हुन्छन् ।

बेलपत्रको रससँग जीरा मिलाएर पिउनाले पित्तको साथसाथै छालामा हुने दाग धब्बा र चिलाएको निशानाहरु पनि ठिक हुन्छन् ।

कपालको सौन्दर्यका लागि

पाकेको बेलको बोक्रालाई सफा गरेर त्यसमा तिलको तेल तथा कपुर मिलाउनुस र त्यसर्लाइ दैनिक कपालमा लगाउनुस । यसबाट कपालमा जुम्रा पर्दैन ।

कपाल झर्ने समस्या रोक्नका लागि बेलपत्रको सेवन सबैभन्दा उचित उपाय हो । दैनिक एक बेल पत्तालाई धोएर खानुपर्छ । एक हप्तामो फरकपन पाउन सकिन्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?