+
+

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ८ गते १०:१६

८ मंसिर, गैंडाकोट । नवलपुरको गैंडाकोट–१३, मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

कर्णाली यातायातको ना ५ ख ३९८७ नम्बरको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गैंडाकोट नगरपालिका–८ का २० वर्षीय अनिल पौडेल र गैडाकोट– १ का १९ वर्षीय कृष्ण सापकोटा रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

उनीहरुको शव भरतपुर अस्पताल लगिएको छ । बस प्रहरीको नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?