Comments Add Comment

स्याउको बीज कति खतरनाक ? लिनसक्छ ज्यान

सदाबहार फल स्याउ । भनाई छ, ‘दैनिक एउटा स्याउ खानुहोस्, डाक्टरकहाँ जानुपर्दैन ।’ अर्थात स्याउ स्वास्थ्यका लागि कति फाइदाजक छ भन्ने कुरा यसले दर्शाउँछ ।

स्याउको अर्को गुण भनेको, यो जुनसुकै अवस्थामा पनि सेवन गर्न सकिन्छ । बिहान खाली पेटमा होस् वा खाना खाइसकेपछि वा खानुअघि । कतिपय फलफूल चाहि निश्चित मात्रा र समयमा खानुपर्ने हुन्छ । स्याउको हकमा यस्तो बन्देज छैन ।

स्याउ स्वादिलो, गुणी फल । औषधिय महत्व छँदैछ ।

तर, त्यही स्याउको बीज कति खतरनाक हुनसक्छ भने त्यसले मृत्युको मुखमा पनि पुर्‍याउन सक्छ । स्याउको बिजमा एक यस्तो तत्व पाइन्छ, जो एकदम विषालु हुन्छ । यो तत्व पाचन इन्जाइमको सम्पर्कमा आउँछ र त्यससँग मिलेर साइनाइड बन्छ ।

अमिगडलिनमा साइनाइड र चिनी हुन्छ । जब यो हाम्रो शरीरमा प्रवेश गर्छ, तब हाईड्रोजन साइनाइडमा रुपान्तरण हुन्छ ।

यसले बिमार मात्र हुने होइन, ज्यान लिनसक्ने खतरा हुन्छ । हुन त अहिलेसम्म स्याउको दानाकै कारण मृत्यु भएको भन्ने खाबर सतहमा आएको छैन । यद्यपी यसलाई कम आँक्नु हुँदैन ।

कसरी यो तत्वले शरीरमा हानी गर्छ ?

साइनाइड विश्वका केही सबैभन्दा खतरनाक विषमा एक मानिन्छ । जब यो शरीरमा प्रवेश गर्छ, त्यसले सबैभन्दा पहिला अक्सिजनको आपूर्तिमा समस्या ल्याउँछ । अवरोध पुर्‍याउँछ । नतिजा, तुरुन्तै ज्यान जान सक्छ ।

कति खतरनाक ?

स्याउको २ सय बिजले बनेको चूर्ण मानव शरीरका लागि एकदम खतरनाक हुन्छ । यसमा पाइने साइनाइडले मस्तिष्क र हृदयमा तिब्र असर गर्छ । यसले मान्छेलाई कोमामा पुर्‍याइदिन्छ । यदी धेरै मात्रामा साइनाइडको सेवन गरियो भने तुरुन्तै सास लिन समस्या हुन्छ । मुटुको धड्कन बढ्न थाल्छ । रक्तचाप न्युन हुन्छ । मानिस बेहोस हुन्छ ।

यसको आशिंक सेवनले चाहि चक्कर आउने, पेट दुख्ने, वान्ता आउने समस्या देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment