Comments Add Comment

युवा स्वरोजगार कोषले करिब ७ करोड खराब कर्जा असुल्यो

७ मंसिर, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले करिब ७ करोड रुपैयाँ असुल गरेको छ ।  खराब कर्जाको रुपमा रहेको ५ करोड रुपैयाँ साँवा र त्यसको व्याज वापतको करिब २ करोड रुपैयाँ कोषले शुक्रबार असुल गरेको हो ।

तत्कालिन हिमशिखर बचत तथा ऋण सहकारी संस्था हालको सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले २०६८ मंसिर ६ गते कोषसँग सम्झौता गरेर पटकपटक गरी ५ करोड रुपैयाँ लगेको थियो ।

पटक-पटकको ताकेता र कानूनी कारबाही अगाडी बढाइए पछि उक्त सहकारीले शुक्रबार साँवा तथा व्याज चुक्ता गरेको हो ।

५ करोड सावाँ र १ करोड ८९ लाख ४७ हजार ५ सय ७७ रुपैयाँ व्याज गरी जम्मा ६ करोड ८९ लाख ४७ हजार ५ सय ७७ रुपैयाँ असुल गरिएको कोषका कार्यकारी उपाध्यक्ष डा. प्रमेप्रसाद दंगालले जानकारी दिए ।

यस्तै अर्को शहिद स्मृति सहकारी संस्थाले पनि ५ करोड रुपैयाँ चुक्ता गरेको छैन । कोषको २६ करोड रुपैयाँ भन्दा बढी खराब कर्जा उठ्न बाँकी रहेको छ । कोषले खराब कर्जा उठाउन पछिल्लो समय विशेष सक्रियता देखाएको छ ।

खराब कर्जा उठाउन सक्रिय रुपमा लागिएको लक्ष्य अनुसार यस चालु आर्थिक वर्षभित्रै ९५ प्रतिशत खराब कर्जा असुल हुने कार्यकारी उपाध्यक्ष दंगालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment