Comments Add Comment

तीन महिनामा साढे २ खर्ब रेमिट्यान्स, विदेश जानेको संख्या घट्यो

९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रेमिट्यान्स आप्रवाहमा ३७.३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३७.३ प्रतिशतले रेमिट्यान्स बढेर २ खर्ब ४२ अर्ब १७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २४.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ६.६ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्ससँगै खुद ट्रान्सफर आयमा समेत बढोत्तरी भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन भदौ र असोजमा खुद ट्रान्सफर आय ३३.४ प्रतिशतले वृद्धि भई २ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४.३ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.६ प्रतिशतले घटेको थियो । यस अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स भने बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment