Comments Add Comment

चीनको हुवाजिन सिमेन्टसँग लगानी सम्झौता, १६ अर्बमा उद्योग खुल्ने

९ मंसिर, काठमाडौं । चिनियाँ कम्पनी हुवाजिनसँग लगानी बोर्डले आयोजनाको लगानी सम्झौता गरेको छ । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हुवाजिनसँग लगानी बोर्डले आइतबार आयोजना लगानी सम्झौता गरेको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) महाप्रसाद अधिकारी र हुवाजिन सिमेन्टका प्रतिनिधि छु जांगले लगानी सम्झौतामा हस्ताक्षर गरे ।

यसअघि कम्पनीसँग प्रारम्भिक लगानी सम्झौता भइसकेको थियो । यसअघि उद्योगले खानी नपाएका कारण यसको लगानी सम्झौता हुन सकेको थिएन ।

गत वर्ष मंसिरमा हुवाजिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएसँगै आयोजना लगानी सम्झौताको प्रक्रिया अघि बढेको थियो ।

नारायणी अञ्चलमा स्थापना गर्ने भनिएको हुवाजिनको उद्योगबाट दैनिक तीन हजार टन उत्पादन हुनेछ ।

त्यस्तै यो उद्योगमा १ हजार जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रोजगारी पाउने लगानी बोर्डले जानकारी दिएको छ ।

५ पुस ०७२ मै उक्त कम्पनीको वैदेशिक लगानी स्वीकृत भइसकेको छ । कम्पनीले १ सय ४० मिलियन अमेरिकी डलर अर्थात् १६ अर्ब बराबरको चिनियाँ लगानी भित्र्याउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment