Comments Add Comment

रीमेक ट्रेन्डः ‘विर विक्रम २’मा ‘देउता’को गीत

अहिले नेपाली चलचित्रमा पुराना चलचित्रका गीतलाई रिमेक गर्ने प्रचलन बढेको छ । चलचित्र ‘दि ब्रेकअप’मा ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीत रिमेक गरिएको थियो । युटुबमा सार्वजनिक भैसकेको यो गीतले सोचेजस्तो सफलता भने पाउन सकेको छैन ।

चैत्र २९ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘यात्रा’मा पनि ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीत रिमेक गरिएको छ । यो गीतले अब पुरानो गीतको जस्तो चर्चा पाउँछ या पाउँदैन हेर्न बाँकी छ ।

यही विचमा, चलचित्र ‘विर विक्रम २’मा पनि एउटा पुरानो चलचित्रको गीत रिमेक गरिएको छ । ‘देउता’ चलचित्रमा समावेश ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतलाई रिमेक गरेर ताराप्रकाश लिम्बु र मेलिना राइको आवाज समावेश गरिएको छ । राजेश हमाल, श्रृजना बस्नेत र श्रवण घिमिरेले पुरानो गीतमा नृत्य गरेका थिए । नयाँ गीतमा भने पल शाह, बर्षा सिवाकोटी र नाजिर हुसेनले नृत्य गरेका छन् । मनाङ र मुस्ताङमा छायांकन गरिएको गीतका लागि २० लाख माथिको बजेट लागेको निर्देशक मिलन चाम्सको दाबी छ ।

पुराना गीतलाई रिमेक गर्ने प्रचलन आधुनिक र पप विधामा पुरानो भैसक्यो । अब, यो ट्रेन्ड चलचित्रमा पनि भित्रिन थालेको छ । चलचित्रकर्मीले पुरानो गीतलाई नयाँ स्वरुपमा ढाल्दा पुरानै क्रेज फर्काउन सक्नछन् या सक्दैनन्, त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment