Comments Add Comment

नेप्सेको कार्यालयमा लगानीकर्ता, सीईओ साउदसँग दोहोरो संवाद

१० मंसिर, काठमाडौं । पुँजी बजारका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गर्न पुगेका छन् ।

अनलाइन कारोबार प्रणालीमा विभिन्न समस्या देखिएको र त्यसले सेयर बजारमा ठूलो असर गरेको भन्दै पुँजी बजार लगानीकर्ताहरुका विभिन्न ४ वटा संगठन नेप्से कार्यालय घेराउ गर्न पुगेका हुन् ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजी बजार संघका अध्यक्ष नवराज सुवेदीले आ-आफ्नो संघको नेतृत्व गरेका छन् ।

अनलाइनमा विभिन्न समस्या देखिएको र त्यसलाई तत्काल समाधान गर्न आग्रह गरे पनि नेप्से गम्भिर नभएको लगानीकर्ताहरुको आरोप छ ।

सोमबार विहान १० बजे नै नेप्से कार्यालय घेराउ गर्न पुगेका लगानीकर्ताहरुले विरोधमा नाराबाजी समेत गरेका छन् ।

आक्रोशित केही लगानीकर्ताहरुले काम गर्न नसक्ने भए नेप्सेका सीईओले राजिनामा दिनु पर्ने माग गरेका थिए । कतिपय लगानीकर्ताहरुले अनलाइन कारोबार पूर्ण रुपमा तयार नभएसम्म बन्द गर्नु पर्ने बताएका थिए ।

तर इन्भेष्टर फोरमका अध्यक्षले अनलाइन कारोबार नै बन्द गर्नु पर्छ भनेर हामीले भन्न नहुने बताए पछि लगानीकर्ताहरु संयमित भएका छन् ।

नेप्सेका सीईओसँग दोहोरो संवाद गर्ने भने पछि कार्यालयको हलमा नेप्सेका सीईओ, प्राविधिकसहितको टोलिले लगानीकर्ताहरुसँग संवाद गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment