+
+

विकास कसरी गर्नुपर्छ सरकारलाई थाहा छ : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १० गते १९:००

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई कसरी छिटो विकास हुन्छ भन्ने विषय सरकारलाई जानकारी भएको दावी गरेका छन् । ्स

रकारले गठन गरेको मानव संशाधन प्रक्षेपण कार्यदलको बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने सरकारलाई थाहा भएको दावी गरे ।

‘विकासलाई द्रुतगतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ’, प्रधानमन्त्री ओलीले भने, ‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौं ।’

प्रधानमन्त्री ओलीले देश विकासका लागि कस्तो मानव संशाधन चाहिन्छ भन्ने विषय पत्ता लगाउन जरुरी रहेको बताए । ‘देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनुपर्छ’ उनले भने ‘यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा बर्षौंसम्मका लागि जनशक्तिको आपूर्तिलाई मार्गदर्शन गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमूलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन दिएका छन् । ‘आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘डाक्टर कति चाहिने, इन्जिनियर कति ,शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनुपर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ ।’

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्नका लागिअसोज २८ गते डा. रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय मानव संशाधन कार्यदल गठन गरेकोे थियो । कार्यदलको सदस्यहरुमा डा.माधव दाहाल, डा.इन्दिरा पराजुली, डा.विश्ववाला थापा, डा.विजयदत्त, डा. ध्रुव गौतम र डा.राजेश अहिराज रहेका छन् । समितिको म्याद चार महिना छ ।

कार्यदलको निर्देशक समिति शिक्षामन्त्रीको संयोजकत्वमा गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?