Comments Add Comment

आईएनजी ग्रुपको आयोजनामा एस्पायर इन्ट्रा-कलेज प्रतियोगिता हुँदै

१० मंसिर, काठमाडौं । आईएनजी ग्रुपले आफ्ना पाँच कलेजका लागि एस्पायर इन्ट्रा-कलेज प्रतियोगिता-२०१८ आयोजना गर्ने भएको छ ।

आईएनजी ग्रुपले इस्लिङ्टन कलेज काठमाडौं, मेरी ल्याण्ड कलेज बिराटनगर, इटहरी इन्टरनेशनल कलेज, हेराल्ड कलेज काठमाडौं, इन्फम्र्याटिक्स कलेज पोखराका लागि उक्त प्रतियोगिता गर्ने भएको हो ।

विद्यार्थीहरुको व्यवसायिक जीवनमा आइपर्ने समस्याहरुको रचनात्मक समाधान खोज्न एस्पायर-२०१८ ले सघाउ पुर्‍याउने आयोजकको विश्वास छ ।

साथै, एस्पायर-२०१८ मा हरेक व्यवसाय व्यवस्थापनको साथमा सूचना प्रविधि -आइटी) सम्बन्धी कार्यक्रमहरु समावेश हुनेछन् । आयोजकका अनुसार प्रतियोगितामा सात वटा कार्यक्रमहरु हुनेछन् ।

जसमा स्टार्टअप आइकन, मनी मास्टर, लास्ट मार्केट कल, लिग अफ लिडर, सिइओ अफ द इयर, ब्याटल अफ कोड्स र अडेइन्बि्रटेन रहेका छन् । यसमा विभिन्न कार्यहरुमा विद्यार्थीहरुले सहभागिता जनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment