Comments Add Comment

‘हिमालय रोडिज’को उपाधि आयुषलाई

‘हिमालय रोडिज सिजन २’को उपाधि आयुष श्रेष्ठले जितेका छन् । हात्तिवन सामुदायिक जंगलमा यसको फाइनल आयोजना गरिएको छ । फाइनलमा आयुस श्रेष्ठ, पिरबिर घले र तेजस बस्नेतले प्रतिस्पर्धा गरेका थिए । आयुषले बुटवल अडिसनबाट प्रतिस्पर्धा जनाएका थिए । उनी जर्नी राउन्डमा छानिएका १३ जनालाई पछि पार्दै उपाधि चुम्न सफल भएका हुन् ।

उनले उपाधिसँगै १० लाख ९० हजार नगद, २५० सिसीको यामाह एफ जेड बाइक प्राप्त गरेका छन् । विजेताले २० लाख नगद जित्न सक्थेँ । तर, जर्नी राउन्डमा खेलाइएका खेलहरुबाट उनले १० लाख ९० हजार जित्न सफल भएका हुन् । हिमालय रोडिजमा प्रतिस्पर्धीहरुको शारीरिक, मानसिक र बौद्दिक क्षमता मात्र नभएर उनीहरुको सामाजिक व्यवहारको पनि मुल्यांकन भएको थियो ।

गतवर्षको सिजन जस्तै यसपाली पनि निर्णायक टिममा रेमनदास श्रेष्ठ, दिया मास्के र आशिष राना थिए । लोकप्रियतासँगै अनेकन विवाद खेपिरहने यो रियालीटी शोको निर्देशन अमन प्रताप अधिकारीले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment