+
+
Shares

काजोलको अजयलाई जवाफ–‘बुढेसकाल तिमीलाई लाग्यो होला, म त जवान नै छु’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते १४:१५

नायक अजय देवगण र नायिका काजोलको बैबाहिक जीवन सुखद तरिकाले बितिरहेको छ । तर, यी दुई एक अर्कालाई मौका पाएको बेला ब्यङ्ग्य हान्न भने पछि पर्दैनन् । हालै मात्र यो जोडी ‘कफि विथ करण’ शोमा पुगेको छ । यो शोमा यी दुइले एक अर्कालाई आरोप समेत लगाएका छन् ।

कुराकानीको क्रममा अजयले भनेका छन्–‘मलाई तस्बिर खिच्न कुनै अप्ठ्यारो लाग्दैन । तर, तस्बिर खिचेपछि काजोल ३ घन्टा त्यो तस्बिर सम्पादन गर्न व्यस्त हुन्छिन् । सामाजिक संजालमा शेयर गर्न उनले यो सबै गरेकी छिन् । जवानीमा त उनलाई यो कुरा मतलब थिएन, तर बुढेसकालमा किन यस्तो भूत सवार भएको हो ?’

अजयले बुढेसकाल भनेपछि काजोल पनि रिसाइन् । उनले भनिन्–‘बुढेसकाल तिमीलाई लागेको होला । म त अझै पनि जवान छु ।’ काजोललाई बुढेसकाल लागेपछि आफूले तस्बिर बनाउन मिहिनेत गरेको भन्ने अजयको कुराले रिस उठेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?