+
+

के एल दुगड समूहको नयाँ उत्पादन ज्ञान कोदोको पिठो बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते १८:१९

११ मंसिर, काठमाडौं । लामो समयदेखि नेपाली बजारमा लोकपि्रय ज्ञान ब्राण्डले कोदो पिठो बजारमा ल्याएको छ ।

ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती चामल उत्पादन गर्दै आएको के एल दुगड समूहले हालै ज्ञान कोदोको पिठो बजारमा ल्याएको हो ।

ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थको आवश्यकतालाई पूर्ति गर्ने क्रममा दुगड समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो २ वर्ष अघि नै बजारमा ल्याएको थियो ।

बजारको मागलाई ध्यानमा राख्दै यस समूहले ज्ञान कोदोको पिठो १ केजी प्याकमा बजारमा ल्याएको हो । ज्ञान कोदोको पिठो स्वच्छ तथा गुणस्तरयुक्त भएको कम्पनिको दाबी छ ।

ज्ञान कोदोको पिठो उत्पादनको लागि आफ्नै मिलमा उच्च गुणस्तरयुक्त अत्याधुनिक तथा स्वचालित कारखानामा स्वच्छ वातावरणमा उत्पादन गरिन्छ ।

ज्ञान ब्राण्ड कोदोको पिठो देशका विभिन्न डिपार्टमेन्टल स्टोर तथा रिटेल पसलहरुमा समेत देशभरी नै उपलब्ध छ ।

कोदोको पिठोका केही फाईदाहरु जस्तै – कोदोले पाचन प्रक्रियामा मद्दत पुर्‍याउँछ र कोदोले कब्जियत हुनबाट बचाउँनुका साथै पेटलाई सफा राख्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

कोदोमा स्मार्ट कार्ब हुने भएकोले यसमा धेरै फाइबर हुन्छ भने चिनीको मात्रा एकदमै कम हुन्छ । यसको कारण कोदोमा कम glycemic index हुन्छ ।

कोदोले रक्तचाप कम गर्न पनि सहयोग गर्छ । कोदोमा भएको Niacin -vitamin B3 ले कोलेस्ट्रललाई कम गर्न पनि मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?