Comments Add Comment

पाकिस्तानद्वारा न्युजिल्यान्ड एकै पारीमा पराजित

११ मंसिर, काठमाडौं । दोस्रो टेष्ट खेलमा न्युजिल्यान्डलाई पाकिस्तानले एकै पारीमा पराजित गरेको छ ।

युएईको दुबै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई एकै पारीमा १६ रनले पराजित गरेको हो ।

न्युजिल्यान्डले आफ्नो पहिलो र दोस्रो इनिङ्स गरेर कुल ४०२ रन मात्रै बनाउन सक्यो । न्युजिल्यान्ड पहिलो इनिङ्समा भने ९० रनमै अलआउट भएको थियो । ९० रनमै पहिलो इनिङ्समा सबै विकेट गुमाएपछि न्युजिल्यान्डले आफ्नो दोस्रो इनिङ्समा ३१२ रन बनाएको थियो । तर पनि लज्जास्पद हारबाट जोगिन भने सकेन । न्युजिल्यान्डको पहिलो इनिङ्स ध्वस्तै बनाउने क्रममा पाकिस्तानका यासिर शाहले ८ विकेट लिए ।

आफ्नो दोस्रो इनिङ्समा ३१२ रन बनाउने क्रममा न्युजिल्यान्डका रोस टेलरले ८२ रन बनाए । त्यस्तै, हेनरी निकोलसले ७७ रनको योगदान दिएका थिए । यो पटक पनि न्युजिल्यान्डका ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा फेरी यासिर शाह नायक बने । उनले दोस्रो इनिङ्समा पनि ६ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा ४१८ रनको विशाल योगफल तयार पारेपछि आफ्नो पहिलो पारीको समाप्तको घोषणा गरेको थियो ।

पाकिस्तानका लागि दुई जना खेलाडीले शतकीय प्रदर्शन गरेका थिए । हरिस सोहइलले १४७ रन बनाएका थिए । त्यस्तै, बाबर अजाम १२७ रनमा अविजित रहेका थिए ।
तीन खेलको टेष्ट क्रिकेट सिरिजमा पाकिस्तानले १–१ को बराबरीसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment