Comments Add Comment

खैरहनी महोत्सवमा राउटे र कुस्ती मुख्य आर्कषण !

११, मंसिर, चितवन । पूर्वी चितवनको खैरहनीमा आगामी मंसिर १६ गतेदेखि २४ गतेसम्म आयोजना गर्न लागिएको खैरहनी महोत्सवमा लोपोन्मुख राउटे जाति मुख्य आकर्षक रहने भएको छ ।

पश्चिम नेपालको सुर्खेतमा रहेका राउटे जातिहरुको संस्कृति संरक्षण, प्रर्वद्धन तथा शिप प्रदर्शन गर्न लागिएको आयोजक उद्योग वाणिज्य संघ खैरहनीले मंगलवार पत्रकार सम्मेलनमा गरी जानकारी दियो।

‘महोत्सवलाई फरक र आकर्षक वनाउन लोपोन्मुख राउटे जातीलाई यहाँ ल्याउन लागेका हौं’ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठले भने ‘जसका कारण महोत्सवको रौनक बढ्नुका साथै उनीहरुको सँस्कृति संरक्षण तथा शिप उजागर हुनेछ ।’

महोत्सव अवधिभरनै उनीहरु यही रहनेछन् । करिव २५ जनाको महिला र पुरुषको टोली आउने निवर्तमान अध्यक्ष श्रेष्ठले वताए । ‘उनीहरु कसरी बाँचिरहेका छन् त्यसको उजागर गर्ने पनि उद्धेश्य हो’ संघका उपाध्यक्ष एवंम् मेला व्यवस्थापन समितिका संयोजक रामेश्वर पोखरेलले भने ‘राउटेका बारे सुनेका मात्रै थियौं अब महोत्सवमा प्रत्यक्ष देख्न पाउने छौं ।’

वाँसबाट निर्माण गरेका सामाग्रीहरु विक्रीका लागि समेत राखिने पोखरेलले जानकारी दिए । राउटेको संस्कृति, सीप अध्ययन र आकर्षणका रुपमा रहने विश्वास आयोजकको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुक्त आयोजनामा हुने खैरहनी २ लदरीखोला किनारमा हुनेछ ।

महोत्सवको अर्को आर्कषणमा अन्र्तराष्ट्रियस्तरको कुस्ती प्रतियोगिता पनि हुनेछ । नेपाल र भारतका गरी करिव २० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

महोत्सवमा करिव २ सय साधारण तथा ३ वटा विशेष स्टल रहनेछन् । उद्योग, कृषि र डेरीका विशेष स्टल रहने उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष एवंम् महोत्सव आयोजक मुल समितिका संयोजक चन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

महोत्सवमा कृषिको प्रर्वद्धन गर्न एकीकृत नमुना खेती प्रर्दशनी, कृषि उपजको प्रतियोगिता पनि रहनेछ । महोत्सवमा २ करोडको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवमा राष्ट्रियस्तरका कलाकारको सहभागितामा दैनिक साँस्कृतिक कार्यक्रम समेत हुनेछन् ।

सकियो पूर्वी क्षेत्र महोत्सव

चितवनको रत्ननगरमा आयोजित पूर्वी क्षेत्र महोत्सव मंगलबार सकिएको छ । एनएस क्रियसन एण्ड इभेन्ट्स प्रालि र लायन्स क्लव अफ चितवन राइनो सिटीको सयुक्त आयोजनामा गत कार्तिक ३० गतेदेखि महोत्सव सुरु भएको थियो ।

१२ दिनसम्म चलेको महोत्सवबाट बचत भएको रकम जिल्लामा शववाहन सञ्चालन, पूर्वी चितवनमा कार्यरत पत्रकारहरुका लागि संरक्षण कोष र अनाथ वालवालिकाका लागि संरक्षण कोष स्थापनाका लागि खर्च गरिने आयोजकले जानकारी दिएको छ । आयोजकले पूर्वी चितवन पत्रकार संघलाई २ लाख रुपैयाँको चेक कोषका लागि हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment